रोकिएको पेट्रोलियम पदार्थको आयात सुचारू
शुक्रबार, १२ वैशाख २०७७, ०६ : ३४
काठमाडौं – कोरोना भाइरस नियन्त्रणका लागि जारी रहेको लकडाउन बेला पेट्रोलियम पदार्थको आयात रोकिएको नेपालगञ्ज र धनगढीको गौरीफण्टा नाकाबाट आयात सुरु भएको छ ।
कोरोना भाइरसको त्रासका कारण विगत दुई हप्तादेखि आयात रोकिएको थियो ।
कोरोना भाइरसका कारण लोड लिन ट्याङ्कर चालकहरू भारत जान नमानेपछि आयात रोकिएको हो तर नेपाल आयल निगमले चालकलाई कोरोना भाइरसबाट बच्ने सुरक्षाको प्रत्याभूति गराएपछि आयात सुरु भएको छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, “पेट्रोलियम पदार्थ अत्यावश्यक वस्तु भएकाले लामो समय ढुवानी रोकिनु राम्रो हँुदैन, सुरक्षा अपनाएर हामीले ढुवानी गर्नैपर्ने हुन्छ । त्यसकारण उहाँहरूलाई अनुरोध गरेर ढुवानी सुचारु गरेका हौँ । ”
मङ्गलबार धनगढीबाट ४५ वटा ट्याङ्कर ढुवानीका लागि गएको निगमले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण