सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

घर हिँडेका भारतीय नागरिकलाई जब बीच बाटोबाटै फर्काइयो

शुक्रबार, १२ वैशाख २०७७, १३ : ०१
शुक्रबार, १२ वैशाख २०७७

पोखरा । ‘गाडी चलेको छ, घरजाऔं’  भारतबाट आएर पोखरा काम गर्दै आएका सलिम  खानलाई गाउँको साथीले फोन गरेर भन्यो । एक महिनासम्म कोठामा थुनिएर बसेको सलिमको मन खुसीले चङ्गा भयो  ।

साथीको फोनसँगै उनले घरजाने तयारी गरे । 

साथीले भनेको समयमा पोखराको सिर्जनाचोक पुगे । सलिमसँगै भारतको कलकत्ता वरपरका १७ जना साथीहरु पनि सिर्जनामा बस कुरिरहेका थिए । कमाएर राखेको पैसा सकिएपछि रोगको भन्दा भोकको चिन्ताले सताएको बेला घरजाने गाडी पाएपछि खुशी नहुने कुरा पनि भएन ।  

मान्छेहरु लकडाउनको समयमा हिँडेरै पनि घर पुगिरहेका थिए । लकडाउनकै अवधिमा काठमाडौंबाट सलिमका गाउँ पुगेका साथीहरुले  घर आउनको लागि उनलाई सुझाएका थिए । गाडी चढेपछि मिराज र  र सलिम लगायतका यात्रुहरुको खुशी संचारित भएको थियो । गाडीमा भेटिएका साथीहरु एकअर्कामा खुशी साटासाट गरिरहेका थिए । तर त्यो खुशी लामो समय टिक्न पाएन ।

‘प्रहरीले लहानमा गाडी रोक्यो र हामीलाई पोखरा नै फिर्ता जान भन्यो,’ खानले भने ।   

त्यहाँ रहेका सुरक्षाकर्मीहरुबाट उनीलाई सोही गाडीमा पोखरा फिर्ता गरियो । मुस्लिमहरुको महान चाड इदमा परिवारसँग खुशी साट्ने सपनामा पूर्णविराम लागेपछि उनीहरु फेरि मलिन अनुहार लिएर पोखरा फर्किए ।   
बिहीबार राति पोखरा झरेका उनीहरुलाई प्रहरीसँग सहकार्य गरेर होम क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई प्रहरीको निगरानीमा राखिएको कास्की प्रहरीका प्रवक्ता राजकुमार केसिले बताए । अहिले उनीहरु बसेको घरबाहिर पनि प्रहरी पनि राखिएको छ ।

अहिले सलिमसहित १७ जनालाई सलिम बस्ने घरकै तिन वटा कोठामा राखिएको  सलिमले बताए  । आईतबार उनीहरुको कोरोना परिक्षण गर्ने पोखरा महानगरपालिका ८ वडा अध्यक्ष रुद्रनाथ बरालले बताए । बरालका अनुसार अन्य बसहरुबाट फिर्ता आएका ४१ जनालाई पनि जनप्रिय स्कुलको क्वारेन्टाइनमा राखिएको छ ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप