लकडाउनमा बढी मूल्य लिनेलाई जरिवाना
काठमाडौं – सरकारले अतिआवश्यकीय वस्तुको आपूर्ति सहज गराउने भने पनि पछिल्लो समय दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी केही व्यापारीले मनपरी मूल्यमा बिक्री गरेको भन्दै उपभोक्ता अधिकारकर्मीले विरोध गरेका छन् ।
बजारमा सरकारी अनुगमनकारी निकायको उपस्थिति कम रहँदा लकडाउनको अवसर छोपी व्यापारीले उपभोक्तालाई बढी मूल्य असुलेको उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाको दाबी छ ।
यता बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भने लकडाउनका बेलामा दैनिक उपभोग्य सामान खरिदमा उपभोक्तामाथि हुनसक्ने ठगीलाई ध्यानमा राखेर अनुगमन तीव्र पारेको जनाएको छ ।
विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अप्ठ्यारो अवस्थामा बजारमा उपभोक्तामाथि पर्नेसक्ने ठगीका विषयमा केन्द्रित भएर अनुगमन तीव्र पारिएको दाबी गरे । उनले लकडाउनमा एमआरपी मूल्यभन्दा बढी लिने केही व्यापारी फार्मलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवाना तथा कारबाही गरिएको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण