शनिबारको मौसम पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथ साथै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावाको समेत प्रभाव परेको छ ।
महाशाखाले हाल देशको पूर्वी, मध्य भू–भाग र पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको साथै पूर्वी र मध्य भू–भागको केही स्थानहरुमा वर्षा भइरहेको जनाएको छ ।
महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख भए अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । पश्चिमी भू–भागका केही स्थान, मध्य र पूर्वी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
यसैगरी, राति पश्चिमी पहाडी भू–भाग, मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
भने, मध्य र पूर्वी भू–भागका थोरै स्थानमा र पश्चिमी पहाडी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण