कोरोना उपचार कोषमा शेष घले र जमुना गुरुङद्वारा ३ करोड सहयोग
अस्ट्रेलिया । नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा नेपाली मूलका अष्ट्रेलियन अर्बपति उद्यमी शेष घले दम्पतीको एमआईटी ग्रुप फाउण्डेसनले ३ करोड रुपैयाँ सहयोग गरेको छ ।
नेपाली मूलका अष्ट्रेलियन अर्बपति उद्यमी शेष घले र जमुना गुरुङ्गद्वारा स्थापित एमआईटी ग्रुप फाउण्डेसन प्रतिनिधिहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिवलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
शेष घलेको फेसबुकपेजबाट भनेका छन्,'हामीलाई थाहा छ कि हामीले आज दान गरेको फण्ड समुद्रमा खसेको एक थोपा हो तर यो नेपालमा कोरोनाभाइरस फैलिनबाट रोक्नको लागि नेपाल सरकारलाई सहयोग र प्रोत्साहित गर्ने सद्भावनाको संकेत पनि हो ।'
प्रेस बक्तब्य मार्फत उद्यमी घलेले यात्रामा भइरहेको अवरोधका कारण आफू स्वयं उपस्थित हुन नसकेको भन्दै प्रतिनिधिहरुले सो रकम हस्तान्तरण गरेको जानकारी दिए ।
फाउण्डेसनका अध्यक्ष शेष घलेले भने, ‘आशा छ यो रकम नेपाल सरकारले कोरोना नियन्त्रण र निर्मूलका लागि परिक्षण, निगरानी र उपचार लागि खर्च गर्न सदुपयोग गर्ने छ ।’
थप जानकारी दिँदै भनिएको छ,'यसअघि नेपालमा आइपरेका ठूला विपतहरु भूकम्प एवं नाकाबन्दी तथा बाढीका बेला पनि फाउण्डेसनले विभिन्न सहयोग गर्दै आएको थियो।'
अध्यक्ष घलेले कोरोना संक्रमितको संख्यालाई नियन्त्रणमा राख्न नेपाल सरकार र नेपालीहरुले खेलेको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै यो महामारीबाट नेपाली जनता एवं विश्व चाँडै मुक्त हुने विश्वास व्यक्त गरेको गरे ।
त्यसैगरी देश तथा देशवासीहरुको हरेक दुःख तथा समस्याका घडीमा फाउण्डेसन सदैव आफूले सकेको हरेक सहायताको लागि तत्पर रहने समेत अध्यक्ष घलेले बताएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण