मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

न्यूयोर्कमा लगातार कम भइरहेछ मृत्युदर

सोमबार, १५ वैशाख २०७७, ०६ : ३४
सोमबार, १५ वैशाख २०७७

अमेरिकाको न्यूयोर्क राज्यमा मृत्युदरमा लगातार कम भइरहेको बताइएको छ ।

न्यूयोर्कका गभर्नर एन्ड्रयू क्यूमोले यसबारे जानकारी दिएका हुन् ।

शुक्रबार न्यूयोर्कमा जहाँ ४ सय ३७ को मृत्यु भएको थियो भने शनिबार ३ सय ६७ को मृत्यु भयो ।

क्यूमोले संक्रमण र मृत्युदर हेरेर राज्य पुनः सञ्चालन कहिले गर्ने भनेर निर्णय लिइने बताएका छन् ।

जनतालाई अनिश्चितकालसम्म घरमा बस्न र गर्मीमा पनि केही नगर भन्नु असम्भव हुने क्यूमोले बताए ।

उनले एक रिपोर्टतर्फ ध्यान केन्द्रीत गराउँदै घरेलु हिंसा, लागुऔषध र रक्सी सेवन गरेर हिंसा र मानसिक स्वास्थ्यको समस्या बढिसकेको जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप