बिजुलीका तार भूमिगत गर्नका लागि यसरी हुँदैछ काम (तस्बिरहरु)
काठमाडौं । सोमबार बिहान मजदुरहरु कोही कोही घमाधम खन्दै थिए । कोही मेसिन चलाउँदै थिए त कोही प्राविधिक विषयको नापजाँच गर्दै थिए ।
यो दृश्य चाबहिल क्षेत्रको हो । जहाँ धमाधम बिजुलीका तार भूमिगत गर्नका लागि काम भइरहेको थियो ।
सरकारी निर्णयअनुसार नेपाल विद्युत प्राधिकरणले केही समयअघिदेखि राजधानीमा बिजुलीका तारलाई भूमिगत गराउने कार्य गरिरहेको छ ।
पोलमा टाँगिएका तारले शहरलाई कुरुप बनाउनुका साथै विभिन्न समस्या समेत उत्पन्न भएपछि तार भूमिगत गर्ने कार्य थालिएको हो । सो कार्य मुलुकमा कोरोनाको त्रासका कारण लकडाउन हुँदापनि आवश्यक स्वास्थ्य सजगता अपनाएर भइरहेको छ ।
प्राधिकरणले उपत्यकाको विद्युत् वितरण प्रणाली भूमिगत, सुदुढीकरण र स्वचालित गर्ने उद्देश्यले पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा सुरुवात गरेको हो। यी दुई क्षेत्रका लागि २०१९ मार्चमा केईआई इन्डस्ट्रिजसँग २०२१ अक्टोबरमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। एसियाली विकास बैंकको सहुलीयत पूर्णऋण र सरकार तथा विद्युत् प्राधिकरणको लगानीमा आयोजना सञ्चालन गरिएको हो।
तस्बिरहरु हेर्नुहोस्ः















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण