भारतद्वारा चीनबाट मगाइएको ५ लाख -यापिड टेस्ट किट रद्द
भारतले चीनबाट पाँच लाख -यापिड टेस्टिङ किटको अर्डर रद्द गरेको छ । यो टेस्टिङ किटले सही नतिजा नदेखाएका कारण अर्डर रद्द गरेको जानकारीमा उल्लेख छ ।
भारतको केन्द्र सरकारले राज्यमा पठाइएको टेस्टिङ किट फिर्ता मागेको छ । यी किटमार्फत् संक्रमित व्यक्तिको रगतमा एन्टीबडीबारे पत्ता लगाइन्छ ।
-यापिड टेस्टिङ किटमार्फत् परिणाम हासिल गर्न आधा घण्टा लाग्छ । यसमार्फत् अधिकारीले कुनै विशेष इलाकामा संक्रमणको वृद्धिबारे अनुमान गर्न सक्छन् ।
यद्यपि, -यापिड टेस्टिङ किटमार्फत् कोरोनाभाइरसको परीक्षण भने हुन सक्दैन र यस्तोमा थुप्रै वैज्ञानिकले यसको प्रयोगमा प्रश्न उठाइरहेका छन् ।
अर्कोतर्फ चीनले भारतको दाबी खारेज गरेको छ । चिनियाँ दूतावासका प्रवक्ता जे रोंगले मंगलबार आफ्नो बयानमा भने, ‘चीनबाट निर्यात गरिने स्वास्थ्य उपकरणमा गुणस्तरलाई प्राथमिकता दिइन्छ । केही व्यक्तिले चिनियाँ उत्पादनलाई दोषपूर्ण बताउनु अनुचित र पूर्वाग्राहीयुक्त गैर जिम्मेवारीयुक्त दृष्टिकोण हो । ’
भारतका केही राज्यले -यापिड टेस्टिङ किटको प्रयोगपछि असन्तुष्टि व्यक्त गरेका थिए र यसको परिणाममा ५ प्रतिशत मात्रै विश्वास गर्न सकिने बताएका थिए । राज्यका अनुसार यी किट्समार्फत् कोरोना संक्रमित व्यक्तिको परीक्षण गर्दासमेत नतिजा नेगेटिभ देखिएको छ ।
त्यसपछि इन्डियन काउन्सिल अफ मेडिकल रिचर्सको क्वालिटी चेकमा यी टेस्ट किट फेल भए । सोमबार दिल्ली हाइकोर्टले पनि भारतले टेस्टिङ किटका लागि धेरै पैसा भुक्तानी गरिरहेको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण