स्पेनः चार चरणमा हट्नेछ लकडाउन
बुधबार, १७ वैशाख २०७७, ०६ : ५३
स्पेनले आफ्नो देशमा लागू लकडाउनको कडा नियमलाई क्रमशः हटाइने जानकारी दिएको छ । लकडाउन हटाउन स्पेनको सरकारले चार चरणको योजना बनाएको छ । प्राप्त जानकारीका अनुसार जूनको अन्तिमसम्म लकडाउन हटाउने सम्भावना छ ।
स्पेनका प्रधानमन्त्री पेद्रो सांचेजले हरेक इलाका आफ्नो संक्रमणलाई गम्भीरताका साथ हेर्दै भिन्न–भिन्न गतीमा अलग–अलग तरिकाले लकडाउन हटाइने जानकारी दिएका छन् ।
स्पेनको चार द्वीपमा सबैभन्दा पहिले चार मे मा लकडाउन हटाइनेछ र त्यसपछि बिस्तारै अन्य क्षेत्रले यस्तो गर्नेछ ।
स्पेनमा कोरोना संक्रमणका कारण हालसम्म २३ हजार बढीले ज्यान गुमाइसकेका छन् र कूल संक्रमितको संख्या २ लाख ३२ हजार १ सय २८ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण