स्पेनः चार चरणमा हट्नेछ लकडाउन
बुधबार, १७ वैशाख २०७७, ०६ : ५३
स्पेनले आफ्नो देशमा लागू लकडाउनको कडा नियमलाई क्रमशः हटाइने जानकारी दिएको छ । लकडाउन हटाउन स्पेनको सरकारले चार चरणको योजना बनाएको छ । प्राप्त जानकारीका अनुसार जूनको अन्तिमसम्म लकडाउन हटाउने सम्भावना छ ।
स्पेनका प्रधानमन्त्री पेद्रो सांचेजले हरेक इलाका आफ्नो संक्रमणलाई गम्भीरताका साथ हेर्दै भिन्न–भिन्न गतीमा अलग–अलग तरिकाले लकडाउन हटाइने जानकारी दिएका छन् ।
स्पेनको चार द्वीपमा सबैभन्दा पहिले चार मे मा लकडाउन हटाइनेछ र त्यसपछि बिस्तारै अन्य क्षेत्रले यस्तो गर्नेछ ।
स्पेनमा कोरोना संक्रमणका कारण हालसम्म २३ हजार बढीले ज्यान गुमाइसकेका छन् र कूल संक्रमितको संख्या २ लाख ३२ हजार १ सय २८ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम बंगालमा चौथो चरणको मतदानका क्रममा हिंसा, बम विष्फोटमा एक जनाको मृत्यु
-
अनलाइनमार्फत यौन व्यवसायमा लगाएको आरोपमा युवती पक्राउ
-
बजेटका लागि राष्ट्र बैंकको सुझाव- कृषि बाहेकका सहुलियतपूर्ण कर्जा कार्यक्रम स्थगन गरौँ
-
नीति तथा कार्यक्रमबारे ओलीलाई सभामुखको टेलिफोन
-
विश्वमा चिप उद्योगमा लगानी बढ्दै
-
मास्टर सेफ सन्तोष साहले ललितपुरमा खोले 'मिथिला थाली' रेस्टुरेन्ट