‘सीता’ को भूमिकाका लागि दीपिकाको यसरी भएको थियो चयन, जहाँ जान्थिन् खुट्टा ढोग्न पुग्थे मानिस
टिभी सिरियल ‘रामायण’ मा ‘सीता’ को भूमिका निभाउने दीपिका चिखलिया बुधबार आफ्नो ५५ औं जन्मदिन मनाउँदैछिन् । दीपिकाको जन्म २९ अप्रिल सन् १९६५ मा मुम्बईमा भएको थियो । रामायण दुरदर्शन च्यानलमा पुनः प्रसारण गरिएपछि दीपिका आजकाल चर्चामा छिन् । भारतमा लकडाउनका कारण नयाँ टिभी सिरियलको छायांकन बन्द छ जसका कारण पुराना टिभी सिरियललाई पुनः टिभीमा देखाइँदैछन् । पुनः प्रशारणमा आएको रामायणलाई धेरैले रुचाएका छन् । ट्वीटरमा ‘रामायण’ का सबै पुराना कलाकारको मज्जाले चर्चा भइरहेको छ जसमा दीपिका चिखलिया पनि समावेश छिन् ।
खुट्टा ढोग्न आउँथे मानिसः
सन् १९८७–८८ मा टिभीमा रामानन्द सागरले बनाएको सिरियत ‘रामायण’ हरेक आइतबार प्रशारण हुन्थ्यो । आइतबार बिहान मानिसहरु आफ्नो सबै काम छोडेर यो सिरियल हेर्न बन्थे । मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने सिरियलका मुख्य कलाकारले यति चर्चा पाए कि मूर्तीकारले भगवान राम–सीताको मूर्तिमा उनीहरुको अनुहार कोर्थे । दीपिकालाई धेरैले अनस्क्रिन माता सीता पनि भन्थे र उनी जहाँ जान्थिन् कति उनको खुट्टासमेत ढोग्न अघि सर्दथे ।
एक अन्तर्वार्तामा दीपिकाले भनिन्, ‘सीताको भूमिकाका लागि छानिनु त्यति सहज थिएन । करिब ३०–३५ युवती सीताको भूमिकाका लागि स्क्रिन टेस्ट दिन आएका थिए । सीताको भूमिकाका लागि आएका अभिनेत्रीहरु निकै सुन्दर, ट्यालेन्टेड र ग्ल्यामरस थिए । तर मलाई छानियो । सायद म रामायणको सीताको छवी अनुकूल थिएँ । निर्देशक रामानन्द सागर यस्ता कलाकार चाहन्थे जो भूमिकामा समाहित होस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण