बनेपा र ठिमी अस्पताललाई सनराइज बैंकद्वारा पीपीई वितरण
काठमाडौं– कोरोना भाइरस महामारीको उपचारमा संलग्न चिकित्सकहरुका लागि सनराइज बैंले विभिन्न अस्पतालहरुमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराएको छ । पहिलो पंक्तिमा रहेर कोरोना नियन्त्रणका लागि उपचारमा संलग्न हुनुपर्ने चिकित्सकको सुरक्षाका लागि बुधबार बनेपा र ठिमी अस्पताललाई बैंकले पीपीई उपलब्ध गराएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले दुबै अस्पताललाई १२—१२ थान पीपीई उपलब्ध गराइएको बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आफ्नो प्रमुख जिम्मेवारी ठानेर पीपीई उपलब्ध गराईरहेको उनले बताए ।
पीपीई बुझेपछि श्री मेमोरियल अस्पताल काभ्रेका डा. शिवजी विक्रम सिलवालले अहिलेको समयमा पहिलो पंक्तिमा बसेर उपचारमा खटिने चिकित्सकहरुका लागि पीपीई महत्वपूर्ण भएको बताए । अस्पतालको कार्डियोलोजि विभागका निर्देशक समेत रहेका डा. सिलवालले चिकित्सक सुरक्षित नभएसम्म कोरोनाको उपचार पनि सुरक्षित नहुने भएकाले पीपीई बिना उपचार सम्भव नभएको बताए । महामारीको समयमा बैंकले पीपीई उपलब्ध गराएकोमा उहाँले बैंकलाई धन्यवाद समेत दिए ।
कोरोनासँग डराएर नभइ डटेर लड्नुपर्ने अहिलेको समयमा सम्पूर्ण सुरक्षाका विधि अपनाएर सरकारी नीति पालना गर्न बैंकले सबैलाई आग्रह गरेको छ । अहिलेको समयमा बैंकिङ कारोबारलाई डिजिटल माध्यमलाई बढी प्राथमिकता दिन बैंकले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण