बनेपा र ठिमी अस्पताललाई सनराइज बैंकद्वारा पीपीई वितरण

काठमाडौं– कोरोना भाइरस महामारीको उपचारमा संलग्न चिकित्सकहरुका लागि सनराइज बैंले विभिन्न अस्पतालहरुमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराएको छ । पहिलो पंक्तिमा रहेर कोरोना नियन्त्रणका लागि उपचारमा संलग्न हुनुपर्ने चिकित्सकको सुरक्षाका लागि बुधबार बनेपा र ठिमी अस्पताललाई बैंकले पीपीई उपलब्ध गराएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले दुबै अस्पताललाई १२—१२ थान पीपीई उपलब्ध गराइएको बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आफ्नो प्रमुख जिम्मेवारी ठानेर पीपीई उपलब्ध गराईरहेको उनले बताए ।
पीपीई बुझेपछि श्री मेमोरियल अस्पताल काभ्रेका डा. शिवजी विक्रम सिलवालले अहिलेको समयमा पहिलो पंक्तिमा बसेर उपचारमा खटिने चिकित्सकहरुका लागि पीपीई महत्वपूर्ण भएको बताए । अस्पतालको कार्डियोलोजि विभागका निर्देशक समेत रहेका डा. सिलवालले चिकित्सक सुरक्षित नभएसम्म कोरोनाको उपचार पनि सुरक्षित नहुने भएकाले पीपीई बिना उपचार सम्भव नभएको बताए । महामारीको समयमा बैंकले पीपीई उपलब्ध गराएकोमा उहाँले बैंकलाई धन्यवाद समेत दिए ।
कोरोनासँग डराएर नभइ डटेर लड्नुपर्ने अहिलेको समयमा सम्पूर्ण सुरक्षाका विधि अपनाएर सरकारी नीति पालना गर्न बैंकले सबैलाई आग्रह गरेको छ । अहिलेको समयमा बैंकिङ कारोबारलाई डिजिटल माध्यमलाई बढी प्राथमिकता दिन बैंकले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर