लकडाउनमा धेरै रक्सी पिउनेहरुको स्वास्थ्यमा आउन सक्छ संकट
एजेन्सी : कोरोना भाइरसको महामारीको संकटबाट बच्न आह्वान गरिएको लकडाउनको समयमा मद्यपानको सेवन बढिरहेको छ । तर, चिकित्सकहरुले यस्तो अवस्थामा अत्यधिक रक्सी सेवन गर्दा स्वास्थ्यमा संकट पैदा हुने बताएका छन् ।
पोर्टस्माउथ विश्वविद्यालयका अनुसन्धानकर्ताले लकडाउनको सयममा मद्यपान सेवन गर्ने बानी हुनेहरुको स्वास्थ्यमा पर्ने नराम्रो असरको बारेमा अनुसन्धान गरेका छन् । समाचारमा जारी गरिएको एक रिपोर्टका अनुसार २९१ प्रतिशत मादक पदार्थको बिक्री बढिरहेको छ । अनुसन्धानकर्ताका अनुसार आइसोलेसनमा बसेको समयमा अत्यधिक मद्यपान सेवन स्वास्थ्यमा संकट बढिरहेको छ ।
डाक्टर म्याट पार्कले यस समयमा थोरै रक्सी पिउनेहरुले पनि अत्यधिक रक्सी सेवन गर्न सुरु गर्छन् । जसले मादक पदार्थ सेवन गर्न छोडेका थिए ति व्यक्तिहरुले पनि फेरि पिउन सुरु गर्ने गरेका छन् । यसले अर्को स्वास्थ्य संकट पैदा गर्छ ।
कोरोना भाइरसको महामारीको समयमा घरमा रहनको लागि बाध्य भएका छन् । डाक्टर पार्किरले लामो समयसम्म मादक पदार्थ सेवन गर्ने बानीका कारण मृत्युदर बढिरहेको छ । रक्सीको प्रयोगले विश्वभरी मृत्यु हुनेको संख्या ३ मिलियन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण