कोरोनोको कुरा : विश्वमा के भइरहेछ ?
चीनमा कोरोनाभाइरसका दुई जना नयाँ रोगीहरु फेला परेका छन् । त्यहाँका अधिकारीहरुले जनाएअनुसार त्यसरी फेलापरेका मध्ये एक जना स्थानीय रुपमै संक्रमित रहेका छन् भने अर्का एकजना चाहिँ बाहिरबाट आएका परेका छन् ।
उता दक्षिण कोरियामा पनि कोरोनाभाइरस संक्रमणका १३ वटा नयाँ केसहरु देखिएका छन् । तीमध्ये १० वटा बाहिरबाट आएका मानिसहरु छन् ।
युरोपबाट अमेरिकामा कति चाँडो कोरोनाभाइरसको संक्रमण फैलिन सक्छ भन्ने कुरा बुझ्न अमेरिकाले ढिलो गर्यो । यो यो अमेरिकालाई खिल्ली उडाउँदै कुनै चिनियाँ विशेषज्ञ वा अधिकारीले भनेका होइन । यो कुरा अमेरिकाकै सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका दोस्रो नम्बरमा आउने उच्च अधिकारी डा. एन स्चूचाटले बताएका हुन् । त्यसरी बुझ्न ढिलाइ गरेकै कारण अमेरिकाभरिमा कोरोनोभाइरसको महामारी तीब्र गतिमा फैलिएको उनको भनाइ छ ।
कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि लगाइएको पारिवारिक भ्रमणको विषयलाई लिएर दंगा भड्किँदा भेनेजुएलामा ४० जनाको मृत्यु भएको छ । उता ब्राजिलमा पनि जेल भ्रमणमा रोक लगाइएको विरोधमा त्यहाँका जेलमा सुरक्षा अधिकारीहरुलाई बन्दीहरुले कैंयौं घण्टा कब्जामा लिएको खबर प्रकाशमा आएको छ ।
विश्वव्यापी रुपमा यतिखेर सुनिश्चित भइसकेका कोरोनाभाइरस संक्रमणहरुको संख्या ३३ लाख ५० हजार नाघेको छ । तीमधये २ लाख ३० हजारको मृत्यु भएको छ भने १० लाख पाँच हजारजति निको पनि भएका छन् ।
विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको उत्पत्ति प्राकृतिक रुपमा नै भएको हुन सक्ने कुरालाई फेरि दाहोर्याएको छ । उसको यो भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पको ‘चीनको उहानको भाइरोलेजी इन्स्टिच्यूटमा भएको हो भन्ने प्रमाण आफूहरुसँग रहेको दावी’को जवाफमा आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्याण्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण