पानीमा डुबेर ४ जनाको मृत्यु
काठमाडौं – संखुवासभा, सभापोखरी गाउँपालिका–२ माथिल्लो धुपु बस्ने ३२ वर्षीय चन्द्र कुमारी राई सोही गाउँपालिका–१ स्थित सादीबेसीस्थित दिब्यश्वरी हाईड्रो पावरको पानी जमाउने पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा आइतबार दिउँसो फेला परेकी छन् ।
घरबाट कोही कसैलाई नसोधी हिडेकी उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त हाईड्रो पावरको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेकी हुन् ।
धनुषा, शहिदनगर नगरपालिका–५ विर्ता मौलियास्थित बाघेश्वरी सार्वजानिक पोखरीमा नुहाउने क्रममा डुबेर नगराईन नगरपालिका–५ बस्ने १४ वर्षीय सुभाष मुखियाको आइतबार बिहान मृत्यु भएको छ ।
यसगरी धनुषा, सबैला नगरपालिका–५ मखनाहा बस्ने सरोज यादवको ५ वर्षीय छोरा आनन्द यादवको सोही ठाउँस्थित पोखरीमा खेल्ने क्रममा डुबेर आइतबार साँझ मृत्यु भएको छ ।
धनकुटा, धनकुटा नगरपालिका–१ जौटार बस्ने राजिप तुतुङकी १८ महिनाकी छोरी सिर्जना तितुङको आफ्नै घरमा पानीको ड्रममा खेल्ने क्रममा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।
कञ्चनपुर, बेदकोट नगरपालिका–७ बस्ने ४० वर्षीय राजेश सार्की नहरको कलभटको पानीमा आइतबार राति मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण