बेलायत सरकारद्वारा पूर्वगोर्खाहरूलाई सहयोग गर्ने प्रतिबद्धता
लन्डन । कोरोना भाइरस (कोभिड १९ ) को महामारीका कारण समस्यामा परेका बेलायतमा रहेका पूर्वगोर्खा तथा तिनका परिवारका सदस्यहरुलाई बेलायत सरकारको रक्षा मन्त्रालयले गम्भीरतापूर्वक लिएको र समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएको नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरनले जानकारी दिएका छन् ।
हाल रक्षा मन्त्रालयले गोर्खा वेलफेयर ट्रष्ट लगायतका विभिन्न निकायहरुबाट समस्याको समाधान गर्दै आएको र आवश्यक परेमा स्वयं वा अन्य कसैको माध्यमबाट गोर्खा वेलफेयर एडभाइस सेन्टरमा सम्पर्क राख्न समेत रक्षा मन्त्रालयले नेपाली दूतावास लन्डनमार्फत अनुरोध गरेको छ ।
कोरोनाको संक्रमणमा परेका बेलायतमा रहेका पूर्व गोर्खा र तिनका परिवारका सदस्यहरुलाई परेको समस्यालाई आवश्यक सहयोग पुर्याउन गत महिनाको अप्रिल २७ मा लन्डनस्थित नेपाली दूतावासले बेलायत सरकार समक्ष आग्रह गरेको थियो । दूतावासद्वारा गरिएको अनुरोध पत्रको प्रतिउत्तरमा रक्षा मन्त्रालयले सो कुराको जानकारी गराएको हो ।
विश्वका एक सय दश मुलुकमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट संसारभरी छरिएर रहेका गैरआवासीय नेपालीहरु पनि प्रभावित भएका छन् । कोरोनाको संक्रमणबाट मृत्यु हुने गैर आवासीय नेपालीहरुको संख्या अन्य मुलुकहरुको तुलनामा बेलायतमा निकै बढी रहेको छ ।
बेलायतमा पाका उमेर भएका पूर्व गोर्खाहरुको संख्या बढी भएको र मृत्यु हुनेमा पनि उनीहरुको संख्या नै धेरै रहेको छ । नेपाली दूतावास लन्डनमा रहेको तथ्यांक अनुसार बेलायतमा हालसम्म ४० जना नेपालीहरुको ज्यान गएको दूतावासका उपनियोग प्रमुख शरदराज आरनले बताएका छन् ।
तर केही दिन अगाडि गैर आवासीय नेपाली संघ स्वास्थ्य समितिले दिएको तथ्यांक अनुसार बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुने गैर आवासीय नेपालीहरुको संख्या ४९ जना रहेको बताएको छ ।
हिजोमात्र कोरोनाको संक्रमंबाट बेलायतमा ७५ वर्षीय पूर्व गोर्खा नारायण कोन्मे गुरुङको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेहरुमा पूर्व गोर्खा सैनिकहरुको संख्या बढी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण