शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

अन्योलमा शिक्षा मन्त्रालय

बिहीबार, २५ वैशाख २०७७, ०७ : १३
बिहीबार, २५ वैशाख २०७७

काठमाडौं  – लकडाउनको अन्योलबीच सरकारले पठनपाठन, विद्यार्थी भर्ना र परीक्षा सन्दर्भमा ठोस योजना ल्याउन सकेको छैन । 

लकडाउनको ४४ औं दिन पुगिसक्दासमेत ठोस योजना ल्याउन नसकेको पाइएको हो । 

लाखौं विद्यार्थी ‘अबको विकल्प के ?’ भन्दै प्रश्न उठाउन थालेका छन् । 

मुख्यत एसईई, कक्षा ११, १२ को परीक्षा, पठनपाठन, विद्यार्थी भर्ना अभियान पूर्ण प्रभावि बन्न पुगेको छ । कक्षा १ देखि ९ , स्नातक, स्नातकोत्तर तहका शिक्षा, परीक्षासमेत प्रभावित भएका छन् । 

यद्यपि, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गृहकार्य अघि बढाइसकेको बताउँदै आए पनि ठोस योजना सार्वजनिक गर्न सकेको छैन । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप