बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

विश्व स्वास्थ्य संगठनको चेतावनीः अफ्रिकामा हुनसक्छ १ लाख ९० हजार बढीको मृत्यु

शुक्रबार, २६ वैशाख २०७७, ०७ : १०
शुक्रबार, २६ वैशाख २०७७

विश्व स्वास्थ्य संगठनको एक अध्ययनमा यदि अफ्रिकामा रोकथामका उपाय फेल भए कोभिड–१९ महामारीको पहिलो वर्षमा अफ्रिकामा १ लाख ९० हजार बढीको मृत्यु हुने चेतावनी दिइएको छ ।

यो अनुमान प्रेडिक्सन मोडल र अफ्रिकाका ४७ देशमा विश्लेषणको आधारमा तयार गरिएको छ । अध्ययनमा पाइए अनुसार यदि अल्जेरिया, दक्षिण अफ्रिका र क्यामरुनमा रोकथामका उपायबारे ध्यान दिइँदैन भने यहाँ खतरा थप भयावह हुनेछ ।

विश्व स्वास्थ्य संगठनले दिएको चेतावनी अनुसार स्वास्थ्य सेवाका लागि अबका दिन थप चुनौतीपूर्ण हुनेछ किनभने भारी संख्यामा मानिसहरु अस्पताल पुग्नेछन् ।

अध्ययनमा अस्पतालले आफ्नो क्षमता बढाउनुपर्ने सल्लाह दिइएको छ । मार्च २०२० मा गरिएको एक अध्ययनमा पत्ता लागेअनुसार अफ्रिकी क्षेत्रमा औसतमा १० लाख व्यक्तिमा ९ जनाका लागि मात्रै आइसीयू वार्ड उपलब्ध छ ।

अफ्रिकी क्षेत्रका लागि विश्व स्वास्थ्य संगठनका निर्देशक डा. मेत्शिडिसो भन्छन्, ‘जबसम्म क्षेत्रमा सरकारले सक्रिय दृष्टिकोण अपनाउने प्रयास गर्दैन तबसम्म कोभिड–१९ अबको थुप्रै वर्षसम्म हाम्रो जीवनमा रहिरहन सक्छ । हामीले परीक्षण, ट्रेस, आइसोलेट र उपचार गर्न आवश्यक छ ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप