विश्व स्वास्थ्य संगठनको चेतावनीः अफ्रिकामा हुनसक्छ १ लाख ९० हजार बढीको मृत्यु
विश्व स्वास्थ्य संगठनको एक अध्ययनमा यदि अफ्रिकामा रोकथामका उपाय फेल भए कोभिड–१९ महामारीको पहिलो वर्षमा अफ्रिकामा १ लाख ९० हजार बढीको मृत्यु हुने चेतावनी दिइएको छ ।
यो अनुमान प्रेडिक्सन मोडल र अफ्रिकाका ४७ देशमा विश्लेषणको आधारमा तयार गरिएको छ । अध्ययनमा पाइए अनुसार यदि अल्जेरिया, दक्षिण अफ्रिका र क्यामरुनमा रोकथामका उपायबारे ध्यान दिइँदैन भने यहाँ खतरा थप भयावह हुनेछ ।
विश्व स्वास्थ्य संगठनले दिएको चेतावनी अनुसार स्वास्थ्य सेवाका लागि अबका दिन थप चुनौतीपूर्ण हुनेछ किनभने भारी संख्यामा मानिसहरु अस्पताल पुग्नेछन् ।
अध्ययनमा अस्पतालले आफ्नो क्षमता बढाउनुपर्ने सल्लाह दिइएको छ । मार्च २०२० मा गरिएको एक अध्ययनमा पत्ता लागेअनुसार अफ्रिकी क्षेत्रमा औसतमा १० लाख व्यक्तिमा ९ जनाका लागि मात्रै आइसीयू वार्ड उपलब्ध छ ।
अफ्रिकी क्षेत्रका लागि विश्व स्वास्थ्य संगठनका निर्देशक डा. मेत्शिडिसो भन्छन्, ‘जबसम्म क्षेत्रमा सरकारले सक्रिय दृष्टिकोण अपनाउने प्रयास गर्दैन तबसम्म कोभिड–१९ अबको थुप्रै वर्षसम्म हाम्रो जीवनमा रहिरहन सक्छ । हामीले परीक्षण, ट्रेस, आइसोलेट र उपचार गर्न आवश्यक छ ।’
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण