अमिताभ बच्चनले सबैलाई जन्मदिनको बधाई दिँदै भने, ‘यस्तो मौका हजार वर्षमा एकपटक आउँछ’
बलिउडका महानायक भनिन् अमिताभ बच्चनले शुक्रबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा पोष्ट सेयर गर्दै सबैलाई जन्मदिनको बधाई दिए । यस्तो गर्नुको कारण बारे पनि उनले जानकारी दिए । उनका अनुसार यो विशेष दिन हो र यस्तो हरेक १ हजार वर्षमा एकपटक आउँछ ।
आफ्नो पोस्टमा अमिताभले लेखे, ‘तपाईंहरु सबैलाई जन्मदिनको शुभकामना... विशेष दिन...हरेक हजार वर्षमा एक मौका... तपाईंको उमेर + तपाईं जन्मिएको वर्ष, हरेक व्यक्ति = २०२० ।’
उनका अनुसार यदि हरेक व्यक्तिको उमेरमा यदि उनीहरुको जन्मिएको वर्ष जोडिदिने हो भने त्यो २०२० हुने गर्छ ।
एकदिन अघि सेयर गरेका थिए ट्युलिप गार्डनको फोटोः
एकदिन अघि अमिताभ बच्चनले बिहिबार नेदरल्याण्डको केकेनहोफ शहरस्थित संसारको सबैभन्दा ठूलो ट्यूलिप गार्डनका केही तस्बिर सेयर गरेका थिए । यसको क्याप्सनमा उनले यो गार्डनसँग उनको ४० वर्षभन्दा पनि पुरानो याद जोडिएको बताए । उनका अनुसार यहाँ उनले आफ्ना छोरा अभिषेक लगभग हराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण