मजदुरहरु विस्तारै काममा फर्किँदै

पोखरा । अत्यावश्यक क्षेत्रका कामलाई सर्तसहित काममा फर्किने निर्णय सरकारले लिएसँगै विकास निर्माणका कामले विस्तारै गति लिन थालेका छन् । केही ठूला आयोजनाका कामहरु लकडाउनमा पनि सञ्चालनमा आए पनि पुल पुलेसादेखि बाटोघाटो निर्माणका काम भने ठप्प थिए ।
४२ अत्यावश्यक क्षेत्रमा सरकारले लकडाउन खुकुलो पार्ने निर्णय लिए सँगै पोखरा महानगरमा पनि सानातिना विकास निर्माणका कामहरु सुरु हुन थालेका छन् । दैनिक ज्यालादारी गरेर पेट पाल्ने मजदुरहरुको लागि महानगरले नै कामको व्यवस्था मिलाइदिने बताएको थियो ।
मत्हानगरले विपद् व्यवस्थापन कोष खडा गरेर त्यस्ता परिवारलाई खाना कुराको जोहो पनि मिलाउदै आएको छ । खाना नपाएर भोकै बसेकाहरुलाई विभिन्न संघ संस्थाहरुले पनि घर घरमै खाना पु¥याए पनि ।
महानगरले विस्तारै त्यस्ता परिवारलाई कामको समेत व्यवस्था मिलाई दिने भएको छ ।
महानगरका साना ठूला आयोजनाका काममा महानगरले फर्काउँदै छ । केही मजदुर काममा फर्कि सके पनि पनि सबैलाई काममा फर्काउन महानगरले कोसिस थालेको छ । महानगरका प्रवक्ता धनबहादुर नेपालीका अनुसार वडाले आफ्नै पहलमा काममा फर्काइ सकेको छ ।
बाँकी रहेकालाई पनि फर्काउने तयारी पनि महानगरले थालेको छ । ‘त्यसैको तयारी हुँदै छ,’ उनले भने, ‘काम सुरु भई सकेको ठाउँमा मजदुरहरुलाई काममा पनि पठाई सकेका छौं । बाँकीलाई के गर्ने योजना बनाई रहेका छौं ।’
आफ्नो सम्पर्कमा आएका मजदुरलाई काम सुरु भई सकेको ठाउँमा पठाइएको उनले सुनाए । अल्पकालीन खालका विकास योजनाका काममा उनीहरुलाई फर्काउन थालिएको उनले जानकारी दिए ।
‘अब त विस्तारै सहज पनि होला,’ उनले भने, ‘तत्काललाई सुरु भएका योजनामा फर्काउदै छौं । अब विकास निर्माणका काम भनेपछि मजदुरको कुरा जोडिने भयो, निर्माण सामग्री ढुवानीका कुरा जोडिने भयो । यि सबै रिलेटेड कुरा भए, यि सबैको व्यवस्थापन गरेर अघि बढ्ने भनेर लागि परेका छौं ।’
राहतले मात्रै थाम्न नसक्ने हुँदा मजदुरहरुलाई काममा फर्काउन थालिएको उनले सुनाए । ‘कहिलेसम्म थाम्न सकिन्छ भन्ने थाहा छैन,’ उनले भने, ‘यसको व्यवस्था गर्दै छौं ।’ यद्यपि, राहत आवश्यक परे महानगरले राहत उपलब्ध गराउछ ।
शनिवार मात्रै तमु धिं नेपालले महानगरको विपद् व्यवस्थापन कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको थियो । सुरुमा २ करोड रुपैयाँको हाराहारिमा सुरु भएको राहत कोषमा पछि ४ करोड १५ लाख जम्मा भएको उनले जानकारी दिए । जसमध्ये ३ करोड २५ लाख राहत बाँडि सकेको उनले जानकारी दिए ।
विपद्मा परेका र आवश्यक परेकालाई महानगरले राहत उपलब्ध गराई रहेको उनले बताए । महानगरका साना योजनाहरु लगभग सबै जसो सुरु भई सकेको उनले जानकारी दिए । ‘साना आयोजनाहरु लगभग सुरु भई सकेका छन्,’ उनले भने, ‘कामदारसँग सम्झौता भएका योजनाहरु, दुई चार बोरा सिमेन्टले हुने काम त सकौला, सय बोरा सिमन्ट चाहियो भने त सम्भव हुँदैन ।’
दैनिक ज्यालादारी गरेर खाने मजदुरलाई सकभर काम नै दिने महानगरले नीति बनाएको उनले सुनाए । ‘महानगरको अबको नीति भनेको । काम सँगसँगै माम पनि दिने हो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा