बेलायतमा कोरोनाको संक्रमणबाट अर्का पूर्वगोर्खा सैनिकको मृत्यु
लन्डन । कोरोनाभाइरस (कोभिड १९) को संक्रमणबाट बेलायतमा अर्का एकजना पूर्व गोर्खा सैनिकको मृत्यु भएको छ ।
बेलायतको मेईडस्टोनस्थित मेईडस्टोन अस्पतालमा ७७ वर्षीय कर्ण बहादुर राईको उपचारको क्रममा निधन भएको हो ।
ताप्लेजुङ जिल्लाको मौवाखोला गाउँपालिका स्थायी घर भएका मृतक राई छोरा र छोरीज्वाईंका साथ बेलायतमा बस्दै आएका थिए ।
कुनै गम्भीर समस्या नदेखिएका राईले पछिल्लो समयमा टाउको दुख्ने समस्याका कारण सिटामोलको सेवन गर्दै घरमा नै बसेका थिए । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल लागिएको थियो ।
फोक्सोमा भएको समस्याका कारण उनलाई भेन्टिलेटरमा राखिएको भएपनि उपचारकै क्रममा उनको निधन भएको अस्पतालबाट जानकारी गराइएको थियो । उनलाई कोरोनाको पुष्टि भएको जानकारी पनि अस्पतालबाट नै दिइएको थियो ।
हालसम्म बेलायतमा कोरोनाबाट ५२ जना नेपालीले ज्यान गुमाइसकेकाे एनआरएनए युकेले जनाएको छ । जसमा धेरैजसो भूपू गोर्खा सैनिक रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण