कपिलवस्तुमा एक नर्समा कोरोना संक्रमण पुष्टि, नेपालमै पहिलो पटक देखियो नर्समा कोरोना पोजेटिभ
नेपालमै पहिलो पटक एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोनाभाइरस पोजेटिभ रहेको पुष्टि भएको हो ।
प्रदेश नम्बर ५ को प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले ती नर्समा कोरोना संक्रमण पुष्टि भएको बताए ।
उनका अनुसार आज कोरोना संक्रमण पुष्टि भएका कपिलवस्तुका ८ जना नै कपिलवस्तु नगरपालिकाका हुन् ।
हालसम्म १९१ जनामा कोरोना पुष्टि हुँदा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थिएन । अनौठो संयोग नै मान्नुपर्छ, आज अन्तर्राष्ट्रिय नर्सिङ दिवसकै दिन नेपालमा पहिलो पटक नर्समा पनि कोरोनाको संक्रमण पुष्टि भएको हो ।
केही अघि त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा कार्यरत दुई नर्समा कोरोना परीक्षण गर्दा आरडीटी पोजेटिभ आएको थियो तर पीसीआर परीक्षणमा नेगेटिभ आएको थियो ।
प्रदेश ५ मा मंगलबारमात्रै कपिलबस्तुमा ८ र रुपन्देहीमा ९ गरी १७ जना कोरोना संक्रमित थपिएका छन् ।
यसअघि सोमबार पनि कपिलबस्तु, रुपन्देही र बर्दिया जिल्लामा गरेर २३ जना थपिएका थिए ।
योसँगै प्रदेशमा संक्रमितको संख्या ७० पुगेको छ । भारतको मुम्बई र दिल्लीबाट आउनेहरुमा सबैभन्दा बढी संक्रमण देखिएको छ। पछिल्लो समय भारतसँग सीमा जोडिएका जिल्लाका क्वारेन्टाइनहरुमा परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या बढ्दै गएको हो।
प्रदेश ५ मा आज भेटिएका अधिकांश कोरोना संक्रमित भारतबाटै आएको खुलेको छ ।
प्रदेश नम्बर ५ कै बाँकेमा २४ जना संक्रमित रहेका छन् भने बर्दियामा पनि १ जनामा कोरोना पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण