अमेरिकाका शीर्ष स्वास्थ्य सल्लाहकारले लकडाउन खोल्न हतार गरेकोमा दिए चेतावनी
अमेरिकाका शीर्ष स्वास्थ्य सल्लाहकार डा. एन्थोनी फाउचीले लकडाउन खोल्न हतार गरेको भन्दै यसले कोरोनाले थप मानिसहरुलाई संक्रमित बनाउन सक्ने चेतावनी दिएका छन् । उनले अमेरिकामा हालसम्म आधिकारिका आँकडामा बताइएभन्दा थुप्रैको मृत्यु भएको हुनसक्ने आशंका पनि व्यक्त गरेका छन् । आधिकारिक आँकडाका अनुसार अमेरिकामा हालसम्म ८२ हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
– संक्रमणको हिसाबले रुस संसारको तेस्रो प्रभावित देश बनेको छ । रुसमा कोरोना संक्रमित बिरामीको संख्या २ लाख ३२ हजार बढी पुगेको छ । लगातार १० दिनदेखि रुसमा हरेक दिन कोरोनाका १० हजारभन्दा बढी नयाँ बिरामी भेटिएका छन् । रुस अब ब्रिटेनलाई पछि पार्दै संक्रमणको हिसाबले तेस्रो स्थानमा त पुगेको छ तर यहाँ हालसम्म २१ सय १६ जनाको मृत्यु भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्तामा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । यद्यपि, मंगलबारदेखि रुसमा कारखाना र निर्माण स्थलमा काम गर्ने अनुमती दिइएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण