कोरोना सङ्क्रमित गाउँ नै सिल, २१ जनाको स्वाब सङ्कलन
जिल्लाको रामनगर गाउँपालिकामा एक जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएपछि गाउँपालिका–४ बहुअर्वाका विद्यालयको क्वारेन्टाइनमा रहेका २१ जनाको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।
बहुअर्वाकी एक १८ वर्षीया युवतीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रशासनले पूरै गाउँ नै सिल गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । एक महिने बालकसहित युवतीको परिवारको सबै सदस्यलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।
योसँगै सर्लाहीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या तीन पुगेको छ । काठमाडौँको जडीबुटी चोकमा सङ्क्रमित युवतीको परिवार विगत केही वर्षदेखि फर्निचर उद्योग खोलेर व्यवसाय गर्दै आएको र सङ्क्रमित युवती काठमाडौंमै अध्ययनरत रहेको प्रजिअ जिसीले बताउए। सङ्क्रमित युवती वैशाख २२ गते गाउँबाट काठमाडौँ गएकी हुन् ।
“लकडाउन हुनुभन्दा अघि नै होली पर्वमा ती युवती काठमाडौँबाट गाउँमा आएकी थिइन् ।” दुई वटा मोटरसाइकलमा उनी आफ्नो दुई भाइ बहिनीका साथ काठमाडौँ गएकी बताइएको छ । दुईवटा मोटरसाइकलमा चार जना काठमाडौँ गएको भए पनि एक जना युवतीमा मात्र कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेपछि सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन पुगेको हो । यसअघि धनकौलका एक १४ वर्षे किशोरमा र हरिपुर्वाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण