श्रीलङ्कामा पैसा बाँड्ने क्रममा तीनजनाको मृत्यु
शुक्रबार, ०९ जेठ २०७७, ०६ : ५७
श्रीलङ्काको राजधानी कोलम्बोमा पैसा बाँड्ने क्रममा भएको भागदौडमा तीनजनाको मृत्यु भएको छ जबकी आठ जना घाइते भएका छन् ।
एक व्यापारीले आफ्नो गोदाममा कोरोना भाइरस महामारीका कारण समस्याको सामना गरिरहेकाहरुलाई पैसा बाँडिरहेका थिए । त्यतिबेला त्यहाँ सयौं व्यक्ति जम्मा भएका थिए ।
पुलिसका अनुसार ती व्यापारीले आफ्नो योजनाबारे कुनै जानकारी दिएका थिएनन् र आफू खुसी यस्तो गर्न कसैलाई पनि अनुमती थिएन । पैसा बाँड्ने ६ व्यक्तिलाई पक्राउ गरिएको छ ।
केही रिपोर्टका अनुसार व्यापारी मुस्लिम हुन् र रमजानको महिनाको समाप्तिका बेला ईदका लागि दान गरिरहेका थिए ।
श्रीलङ्कामा कोरोनाभाइरसका १ हजार ४५ संक्रमित छन् जबकी हालसम्म ९ जनाको मृत्यु भएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण