चीनले पहिलो पटक किन यस्तो कदम उठायो ?
चीनले यो वर्ष आर्थिक वृद्धिदरको लक्ष्य निश्चित गर्नेछैन । शुक्रबार बिहान चीनको वार्षिक संसदीय बैठक नेशनल पिप्लस कांग्रेसमा करिब तीन हजार प्रतिनिधी समावेश छन् । एनपीसीको बैठकमा बजेटलाई मञ्जुरी दिइन्छ र साथै अर्थव्यवस्थाको वृद्धिको लक्ष्य पनि निश्चित गरिन्छ । तर यसपटक चीनले आर्थिक वृद्धिदरको कुनै लक्ष्य निश्चित नगर्ने बताएको छ ।
चीनका प्रधानमन्त्री ली केचियांगले भने, ‘यस्तो यसकारण छ किनभने हाम्रो देश केही कुरासँग जुधिरहेको छ र यस्तो अनिश्चितताले भरिएको समयमा प्रगतिको अनुमान लगाउन मुश्किल छ । यो अनिश्चितता कोभिड–१९ का कारण सृजित भएको छ किनभने यसले संसारभरीको अर्थव्यवस्थालाई प्रभावित पारेको छ र व्यवसायमा पनि प्रतिकूल असर परेको छ । ’
चीनको बजेट घाटा पनि सन् २०१९ को तुलनामा बढेको छ । सन् १९९० देखि चीनले आर्थिक वृद्धिको लक्ष्य प्रकाशित गर्न सुरु गरेको थियो र त्यतिबेलादेखि यो लगतार जारी छ । पहिलो पटक चीनले जीडीपीको कुनै लक्ष्य तय गरेको छैन ।
प्रधानमन्त्री ली केचियांगका अनुसार कोभिड–१९ लाई नियन्त्रण गर्नका लागि सरकारले एक ट्रिलियन युआन थप दिनेछ । ली कोचियांगले चीले अमेरिकासँग ट्रेड डिलबारे कुरासमेत गर्ने बताएको छ । ताइवानबारे केचियांगले चीन आफ्नो सम्प्रभुताको विषयमा अडिग भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण