कोरोनाबाट मृत्यु भएकाको घरमा डेरा गरी बस्नेलाई संक्रमण देखियो
गुल्मी । कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएका गुल्मीको मदाने गाउँपालिकाका शिक्षकको घरमा डेरा गरी बस्ने अर्का पुरुषलाई कोरोना संक्रमण देखिएको छ ।
कोरोना संक्रमणबाट मृत्यु भएका ४१ वर्षीय शिक्षकको घरमा डेरा गरी बस्ने ३१ वर्षीय पुरुषको रिपोर्ट पाजेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा भवानी प्रसाद शर्माले जानकारी दिए ।
‘एक जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी गराइएको छ’, शर्माले भने, ‘त्यस गाउँबाट ३० जनाको स्वाब पठाइएको थियो । २५ जनाको हिजो नेगेटिभ आयो । ५ वटाको परीक्षण हुन बाँकी थियो । त्यसमध्ये परीक्षण गरिएका दुई जनामध्ये एक जनाको नेगटिभ र एक पोजेटिभ आएको जानकारी छ ।’ उनले अझै थप तीन जनाको नमुना परीक्षण हुन बाँकी रहेको पनि जानकारी दिए ।
कोरोनाबाट यसअघि संक्रमित भएका गुल्मीका ती शिक्षकको रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
