ऊहानको प्रयोगशालामा भेटियो चमेरोमा तीन प्रकारको कोरोनाभाइरस
चीनको ऊहानस्थित भाइरोलोजी इन्स्टिच्युटमा चमेरोमा पाइने भाइरसका तीन सजीव प्रजाति भेटिएको तर संस्थानका निर्देशकले यीमध्ये कुनै पनि भाइरस संसारभरी विध्वंश मच्चाउने भाइरससँग मेल नखाने बताएका छन् ।
वैज्ञानिकले कोभिड–१९ को सुरुवात ऊहानबाट भएको र यो भाइरस सुरुमा चमेरोमा देखिएको र त्यसपछि कुनै स्तनधारी जनावर मार्फत् मानिससम्म पुगेको बताइन्छ ।
समाचार एजेन्सी एएफपीका अनुसार ऊहान इन्स्टिच्युट अफ भाइरोलोजीका निर्देशक वाङ्ग यान्यीले चीनको सरकारी टिभी च्यानल सिजिटिएनसँग यो भाइरस ऊहानको कुनै सेन्टरबाट फैलिएको भन्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र अन्य व्यक्तिको दाबीलाई पूर्ण रुपमा मनगढन्ते भएको बताएका छन् ।
मे १२ मा रेकर्ड गरिएको यो अन्तरवार्ताको प्रशारण शनिबार भयो जसमा वाङ्ग यान्यीले सेन्टरमा चमेरोमा केही कोरोनाभाइरसको पहिचान गरिएको बताएका छन् ।
उनले भने, ‘अहिले हामीसँग तीन प्रकारको भाइरस छन् । तर सार्स–कोव–२ (कोरोनाभाइरस) सँग उनीहरुको ७९.८ प्रतिशत मात्रै मेल खाइरहेको छ ।’
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण