अमेरिकामा लकडाउन खोलिएपछि कोरोनाको जोखिम बढ्यो, सैलुनका एक कर्मचारीबाट ९१ जना संक्रमित
अमेरिकामा लकडाउन खोलिएपछि कोरोना संक्रमणको जोखिम बढिरहेको छ । मिसौरीको सैलुनका एक संक्रमितबाट ९१ जनामा कोरोना फैलिएको छ । यीमध्ये ८७ जना ग्राहक छन् भने ७ जना सैलुनका कर्मचारी रहेका छन् । जुन कर्मचारीबाट संक्रमण फैलियो, ती व्यक्ति लकडाउन खोलिएको ८ दिनसम्म कोरोनाको लक्षण देखिँदासमेत काममा आएको मिसौरीका स्वास्थ्य अधिकारीले सीएनएनलाई जानकारी दिए ।
मिसौरीमा ४ मे देखि सैलुन खोलिएका थिए । यहाँ हालसम्म कोरोनाका ११ हजार ७ सय ५२ संक्रमित फेला परेका छन् भने ६७६ को मृत्यु भएको छ । मिसौरीमा राष्ट्रपति डोनल्ड ट्रम्पको रिपब्लिकम पार्टीका नेता माइक पार्सन गर्भनर हुन् ।
पास्ता कारखानामा २२ कर्मचारी संक्रमितः
उता वासिङ्टनको स्पोकन शहरको एउटा पास्ता कारखानामा २२ कर्मचारी संक्रमित भेटिएका छन् । डेमोक्रेटिक पार्टीका नेता जे इंसली वासिङ्टनका गभर्नर हुन् । इंसलीले लकडाउन खोल्न हतार गरेको भन्दै ट्रम्पको आलोचना गरिसकेका छन् । वासिङ्टनमा आंशिक लकडाउन छ । यस अनुरुप केही खाद्य उद्योग खोलिएका छन् ।
वासिङ्टनमा सैलुन, जिम जून १ तारिखदेखि खुल्ला हुनेछन् । यहाँ हालसम्म २० हजार ३९५ संक्रमित भेटिएका छन् जबकि १ हजार ७६ को मृत्यु भएको छ । अमेरिकाका सबै ५० राज्यले भिन्न भिन्न समयमा लकडाउन खोलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण