कोरोनासंक्रमितको सम्पर्कमा आएपछि स्वास्थ्यमन्त्री ढकाल होम क्वारेन्टाइनमा
स्वास्थ्यतथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल ५ दिनदेखि होम क्वारेन्टाइनमा बसिरहेका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एक जना बिरामीलाई भेट्न मन्त्री ढकाल गएका थिए । शुक्रबार ती बिरामीलाई कोरोनाभाइरस कोभिड—१९ भएको पत्ता लागेको थियो ।
भेट्न गएका बिरामीलाई कोरोना संक्रमण भएको पत्ता लगेपछि स्वास्थ्यतथा जनसङ्ख्यामन्त्री ढकाल सतर्कता अपनाउँदै होम क्वारेन्टाइनमा बसेको स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले बताए ।
तर, मन्त्रालयका उप–सचिव लिलाराज पौडेलका अनुसार मन्त्री ढकाल विभिन्न समयमा छलफलमा धेरै मानिससँग भेटघाट हुने भएकाले पनि मन्त्री आफै स्वास्थ्यको ख्याल गर्दै घरमा बसेका हुन् । ‘सतर्कता अपनाउँदै विभिन्न विदा परेकाले मन्त्री ढकाल घरमा बस्नुभएको हो,’ उनले भने, ‘होम क्वारेन्टाइन भनेर बस्नुभएको होइन । सायद आज मन्त्रालय आउनुहुन्छ होला ।’
ट्रान्सप्लान्ट सेन्टरमा बिरामीलाई भेट्दा मन्त्री ढकालले पीपीई लगाएका थिए । शुक्रबारदेखि होम क्वारेन्टाइनमा बसेका मन्त्री ढकालको स्वाब मंगलबार बिहान लिइएको छ । जसको रिपोर्ट साँझसम्म आउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण