‘ब्याट वुमन’ भनिने ऊहान ल्याबकी उप–निर्देशकको चेतावनी, ‘पुनः फैलन सक्छ कोरोनाभन्दा पनि खतरनाक भाइरस’
चीनको ऊहानबाट निस्किएको कोरोनाभाइरसले संसारभरी कोकोहोलो मच्चाएको छ । यसैबीच चीनमा चमेरोमाथि अनुसन्धानका लागि चर्चित एक महिला भाइरोलोजिस्टले कोरोनाभाइरस त समस्याको एउटा पाटो बताउँदै वास्तविक समस्या त निकै ठूलो भएको बताएकी छिन् ।
चाइना ग्लोबल टेलिभिजन नेटवर्कसँग सोमबारको कुराकानीमा उनले चमेरोमा यस्ता थुप्रै भाइरस हुने जुन पुनः संसारभरी फैलन सक्ने बताएकी छिन् ।
कोरोनाभन्दा पनि खतरनाक भाइरस उपलब्धः
चीनको ब्याट वुमन नामबाट चर्चित ऊहान इन्स्टिच्युट अफ भाइरोलोजीकी उप–निर्देशक शी झेंगलीले चमेरोजस्तो जनावरमा कोरोनाभन्दा निकै खतरनाक भाइरस उपलब्ध भएको बताएकी छिन् । समय हुँदा नै यसबारे पत्ता नलगाए संसारले यस्तै खालका अन्य महामारीको पनि सामना गर्नुपर्ने उनले चेतावनी दिएकी छिन् । उनले कोरोनाभाइरससँग जुध्नका लागि संसार एक भएर काम गर्नुपर्ने बताएकी छिन् ।
अपरिचित भाइरसमाथि अनुसन्धान जारीः झेंगली
झेंगलीले भाइरसबारे भइरहेको अनुसन्धानमा सरकार र वैज्ञानिकले पारदर्शी भूमिका अपनाउनुपर्ने बताएकी छिन् । चीनमाथि कोरोनाबारे समय हुँदा नै संसारलाई जानकारी नदिएको आरोप लागिरहेको छ । यसबारे स्पष्टिकरण दिँदै झेंगले भनिन्, ‘विज्ञानमाथि राजनीतिकरण दुःखद हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण