डोनाल्ड ट्रम्पको प्रस्तावः चीन र भारतबीचको सीमा विवादमा मध्यस्थता गर्न तयार छौं
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतबीचको सीमा विवादका विषयमा अमेरिका मध्यस्थता गर्न तयार रहेको बताएका छन् । बुधबार ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले ती दुई देशबीचको सीमा विवादका विषयमा मध्यस्थता गर्न तयार रहेको बताएका हुन् ।
यसअघि पनि राष्ट्रपति ट्रम्पले काश्मिरको मुद्दामा भारत र पाकिस्तानबीच मध्यस्थता गर्ने बताएका थिए । उक्त प्रस्तावको भारतले तत्काल अस्वीकार गरेको थियो । भारतले त्यसलाई आफ्नो देशको आन्तारिक मामला भनेर टारिदिएको थियो । यो पटक राष्ट्रपति ट्रम्पले मध्यस्थकर्ताको प्रस्ताव गरे पनि भारतले प्रतिक्रिया दिइसकेको छैन ।
उता, चीनले भने भारतीय सीमामा स्थिति पूर्ण रुपमा नियन्त्रणमा रहेको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजयानले दुवै देशसँग यो समस्याको समाधान गर्ने संयन्त्र मजवुद रहेको बताएका छन् । मन्त्रालयका प्रवक्ताको यो प्रतिक्रिया लद्दाखस्थित सीमा क्षेत्रमा दुई देशका सेनाबीच तनाव जारी रहेकै बेला बाहिर आएको हो ।
प्रवक्ता झाओले बेइजिङस्थित कार्यालयमा नियमित पत्रकार सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीचको शिखर बैठकको सन्दर्भ जोड्दै भने, ‘हामीले दुई देशका शीर्ष नेताहरुको बैठकपछि भएका महत्वपूर्ण सम्झौताहरुको कडाइका साथ पालना गरिरहेका छौ ।’
चिनियाँ र भारतीय सेनाबीच पछिल्लो एक महिनामा दुई देशको सीमानामा ३ पटक झडप भएको छ । लद्दाखमा पछिल्ला दिन पनि तनाव सृजना हुने संकेत देखा परिरहेको छ । चिनियाँ सेनाले भारतीय सेनाको गस्ती टोलीलाई नियन्त्रणमा लिएका खबरहरु समेत सार्वजनिक भैरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण