कोरोना भाइरसबाट विश्वमा ३ लाख ४९ हजारको मृत्यु ५५ लाख संक्रमित
एजेन्सी । गत २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) बाट ५ हजार ५८१ जनाको मृत्यु भएपछि विश्वभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ४९ हजार ९५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।
गत २४ घण्टामा ८४ हजार ३१४ जनाको संक्रमति विश्व भरी थपिएपछि संक्रमितको संख्या ५४ लाख हजार ८८ हजार ८२५ पुगेको डब्लुएचओले जानकारी दिएको हो । चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरसले उत्तर र दक्षिण अमेरिकालाई अत्यन्त प्रभावित बनाएको छ । यहाँ २४ लाख ९५ हजार ९२४ जना संक्रमति रहेका छन् भने, १ लाख ४५ हजार ८१० जनाको मृत्यु भएको छ ।
युरोपमा २० लाख ६१ हजार ८२६ संक्रमित रहेका छन् भने, १ लाख ७६ हजार २२६ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १६ लाख ३४ हजार १० जनामा कोरोना भाइरस संक्रमण रहेको जनाइएको छ । विश्व स्वास्थ्य निकायले कोरोना भाइरसको गत मार्च ११ मा विश्व महामारीको नाम दिइसकेको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण