बलात्कारको आरोपितलाई नै १३ वर्षीया दलित किशोरीको पति बनाइयो

बुटवल । गत शनिवार रुपन्देहीमा झुण्डिएको अवस्थामा मृत फेला परेकी १३ वर्षीया एक दलित किशोरीको बलात्कारपछि हत्या भएको भन्दै उनको परिवारजनले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
जिल्लाको देवदह नगरपालिका वडा नम्वर–११ बड्की गुम्नीटोलीको १३ वर्षीया दलित किशोरी अङ्घिरा पासी र स्थानीय २५ बर्षीय वीरेन्द्र भरलाई गत शुक्रवार राति छिमेकीहरुले आपत्तिजनक अवस्थामा पक्राउ गरेका थिए । घरमा अबेरसम्म छोरी नआएपछि उनकी आमा शान्त पासीले छोरी खोज्न छिमेकीहरुलाई गुहार गरे पछि खोज्दै जाने क्रममा आपत्तिजनक अवस्थामा आफुहरुले देखेको एक स्थानीय युवाले बताए ।
अर्को दिन विहान वडाका वडाध्यक्ष अमरबहादुर चौधरीसहितका भद्रभलाद्मीहरु बसेर छलफल गर्दा ती किशोरीले आफूलाई वीरेन्द्र भरले जबरजस्ती गरेको सुनाएकी थिइन् ।
तर, दुई लाखसम्म क्षतिपूर्ती दिने लालच देखाएर जवरजस्ती करणीको मुद्दा त्यही थामथुम पार्न खोजिएको आमा शान्ति पासीले बताएकी छन् ।
शनिवार दिउँसो तीन बजेसम्म चलेको छलफल पछि वडाध्यक्ष चौधरी लगायतका भलाद्मीहरुले जवरजस्ती करणीको कानुनी पाटो तर्फ जानेभन्दा किशोरीलाई भरको श्रीमति बनाएर घर भित्राउने सुझाव दिएका थिए ।
उनीहरुको सुझाव पछि वीरेन्द्र भरले पनि ‘मैले लैजान्छु’ भन्दै हात समातेर किशोरीलाई घरतर्फ लगेका थिए । तर, घरमा लगेपछि ‘तल्लो जातकी केटी मैले भित्राउनै दिन्न’ भन्दै भरकी आमा अकाली भरले अङ्घिरा पासीलाई कुटपिट लछार पछार गरेको स्थानीयले बताए ।
घरभित्र पस्न नदिए पछि ति किशोरी रोहणीखोला तिर आएर बसको उनकी आमाको भनाइ छ । पछि उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
यससम्बन्धमा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रदीप सिंह राठौर सँग सम्पर्क राख्दा उनले वीरेन्द्र भर, उनकी आमा अकाली भर र ठूली आमा शीतल भरलाई हिजो पक्राउ गरि अनुसन्धान थालिएको बताए ।
ति किशोरीको भिसरा चेक गराउन पठाईएको र रिपोर्ट आएपछि मात्र बलात्कार पछि हत्या भएको हो वा होइन भन्ने कुरा खुल्ने डिएसपी राठौरको भनाइ छ ।
यता, किशोरीकी आमा शान्ति पासीले भने छोरीको बलात्कारपछि हत्या भएको भन्दै किटानी जाहेरी दिएको बताइन् ।
किशोरीको भनाइ अनुसार जवरजस्ती करणीको मुद्दा दर्ता गर्नु पर्नेमा किशोरीलाई बलात्कारको आरोपीकै श्रीमतीका रुपमा घर भित्राइ दिँदा उनको अकालमा ज्यान जान पुगेको छ ।
यता, वडाध्यक्ष चौधरीले भने आफुले मात्र नभइ सिंगो गाउँले निर्णय गरेर अङ्घिरा पासीलाई भरको घर भित्राइदिएको प्रतिकृया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाका पचहत्तर हजारभन्दा बढी स्वास्थ्यकर्मीद्वारा हडताल सुरु
-
मध्यपुरथिमि नगरपालिकाको आन्तरिक आम्दानी रु २४ करोड
-
मुुख्यमन्त्रीको उपस्थितिमा कोरला नाकामा सुरक्षा बैठक
-
उपत्यकामा हुने कालोबजारी र अवाञ्छित गतिविधिको निगरानी गर्न प्रहरीलाई सर्कुलर
-
मनाङको स्याउ मनाङमै खपत
-
रातोपाटी ब्रिफिङ : स्थानीय तहमा डरलाग्दो भ्रष्टाचार, वायु सेवा निगमलाई ऋणको भार