एम्बुलेन्स चालकको माग: स्वास्थ्यकर्मीसरह सेवा सुविधा देऊ
चितवन । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले एम्बुलेन्स चालकलाई स्वास्थ्यकर्मीसरह सुविधा उपलब्ध गराउन माग गरेको छ । कोरोना भाइरसको जोखिममा सबैभन्दा बढी एम्बुलेन्स चालक रहेको भन्दै सङ्घले एम्बुलेन्स चालकको स्वास्थ्यकर्मीसरह स्वास्थ्य बीमा तथा अन्य सेवा सुविधा उपलब्ध गराउन र कारोना परीक्षणको माग गरेको हो ।
सङ्घका केन्द्रीय अध्यक्ष नवराज लामिछाने र महासचिव मुक्ति काफ्लेले विज्ञप्ति जारी गर्दै अधिकांश चालक कोरोना भाइरसको जोखिममा रहेको, धेरैले सामान्य सुरक्षा सामग्री पनि नपाएको, राज्यबाट पाउने भनिएका सामग्री पनि बाटैबाट हराएको, एकपटक किनेको मास्कलाई धोएर पटक पटक प्रयोग गर्न बाध्य भएको, एम्बुलेन्स चालकमाथि सामाजिक दुव्र्यवहार बढेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
विज्ञप्तिमा विदेशबाट आएका व्यक्तिलाई ओसार्ने साधनका रुपमा जबर्जस्ती प्रयोग नगराउन पनि माग गरिएको छ । सङ्घले आफ्ना माग पूरा नभए कामलाई निरन्तरता दिन नसक्ने जनाएको छ । नेपालमा चार हजार ५०० एम्बुलेन्स छन् । तीमध्ये सबैभन्दा बढी दुई÷दुई सयको हाराहारी काठमाडौं र झापामा छन् । त्यसपछिको बढी मोरङ र चितवनमा रहेको एम्बुलेन्स चालक सङ्घका केन्द्रीय अध्यक्ष लामिछानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण