कोरोना महामारीः स्पेनमा अब गरिब परिवारले मासिक ४ सय ६२ युरो पाउने
एजेन्सी । स्पेनको वामपन्थी सरकारले देशका गरिब जनतालाई न्युनतम राहतका कार्यक्रमलाई अनुमोदन गरेको छ । यो कार्यक्रम अन्तर्गत प्रत्येक गरिब परिवारले अब मासिक ४६२ युरो राहत पाउने जनाइएको छ । यस कार्यक्रममा स्पेन सरकारले ५ जनाभन्दा बढी व्यक्ति भएका परिवारका लागि बढी रकम राहत दिने जनाएको छ । सरकारले धेरै सदस्य भएका परिवारलाई अधिकतम ९९० युरो राहत उपलब्ध गराउने जनाएको छ ।
यो कार्यक्रम कोरोना महामारीकै बीचमा एक्कासि अनुमोदन गरिएको हो । यो योजनाबाट स्पेनमा साढे आठ लाख मानिसहरु लाभान्वित हुने विश्वास लिइएको छ । यो कार्यक्रममा विशेषगरी बाहिरी देशबाट स्पेनमा बसोबास गरिरहेका आप्रवासीहरुलाई सामेल गरिनेछ । त्यसका लागि स्पेनमा एक वर्षभन्दा बढी समय बसोबास गरेको हुनुपर्ने जनाइएको छ ।
यो योजनाका लागि स्पेन सरकारले वर्षिक ३ अर्ब युरो खर्च गर्ने तयारी गरेको छ । स्पेनका सामाजिक सुरक्षा मन्त्री जोस लुइस एस्क्रिवाले शुक्रबार कार्यक्रमबारे जानकारी दिँदै भने, ‘यदि हामीले यी छानिएका परिवारलाई समाजमा अझ राम्रो ठाउँमा ल्यान सक्यौं भने यो हाम्रो सफलता हुनेछ ।’ स्पेन युरोपमा कोरोना महामारीबाट अति प्रभावित मुलुकहरुमध्ये पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण