कोरोना महामारीः स्पेनमा अब गरिब परिवारले मासिक ४ सय ६२ युरो पाउने

एजेन्सी । स्पेनको वामपन्थी सरकारले देशका गरिब जनतालाई न्युनतम राहतका कार्यक्रमलाई अनुमोदन गरेको छ । यो कार्यक्रम अन्तर्गत प्रत्येक गरिब परिवारले अब मासिक ४६२ युरो राहत पाउने जनाइएको छ । यस कार्यक्रममा स्पेन सरकारले ५ जनाभन्दा बढी व्यक्ति भएका परिवारका लागि बढी रकम राहत दिने जनाएको छ । सरकारले धेरै सदस्य भएका परिवारलाई अधिकतम ९९० युरो राहत उपलब्ध गराउने जनाएको छ ।
यो कार्यक्रम कोरोना महामारीकै बीचमा एक्कासि अनुमोदन गरिएको हो । यो योजनाबाट स्पेनमा साढे आठ लाख मानिसहरु लाभान्वित हुने विश्वास लिइएको छ । यो कार्यक्रममा विशेषगरी बाहिरी देशबाट स्पेनमा बसोबास गरिरहेका आप्रवासीहरुलाई सामेल गरिनेछ । त्यसका लागि स्पेनमा एक वर्षभन्दा बढी समय बसोबास गरेको हुनुपर्ने जनाइएको छ ।
यो योजनाका लागि स्पेन सरकारले वर्षिक ३ अर्ब युरो खर्च गर्ने तयारी गरेको छ । स्पेनका सामाजिक सुरक्षा मन्त्री जोस लुइस एस्क्रिवाले शुक्रबार कार्यक्रमबारे जानकारी दिँदै भने, ‘यदि हामीले यी छानिएका परिवारलाई समाजमा अझ राम्रो ठाउँमा ल्यान सक्यौं भने यो हाम्रो सफलता हुनेछ ।’ स्पेन युरोपमा कोरोना महामारीबाट अति प्रभावित मुलुकहरुमध्ये पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रम कार्यान्वयन चुनौतीपूर्ण छ : सांसद साउद
-
अब स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र कनेक्ट आइपीएसबाट गर्न सकिने
-
प्रदीप र गौरव लिएर नयाँ फिल्म बनाउँदै शर्मिला
-
प्रतिनिधिसभामा सांसदहरूले उठाए भारत–पाकिस्तान तनावको विषय
-
कृजलको अलराउन्ड प्रदर्शनमा अपीले एलआरआईलाई सजिलै हरायो
-
पशुपति क्षेत्रमा दर्जनौँ बटुकहरूको सामूहिक व्रतबन्ध (तस्बिरहरू)