संसारलाई सबैभन्दा पहिले चीनले भ्याक्सिन दिने ?
विश्वव्यापी महामारी बनेको कोरोनाभाइरस चीनको ऊहान शहरबाट डिसेम्बरको अन्त्यतिर फैलन सुरु गरेको थियो । जुन देशबाट कोरोनाभाइरसको संक्रमण सुरु भयो अब त्यहि देशले संसारलाई सबैभन्दा पहिले भ्याक्सिन उपलब्ध गराउने सम्भावना रहेको बताइएको छ ।
चीनको एसेट्स सुपरविजन एण्ड एडनिनिस्ट्रेशन कमिशनले यस्तो सम्भावना व्यक्त गरेको हो । उक्त कमिशनले शनिबार एक सोसल मिडिया पोस्टमा चीनमा बनेको कोरोनाभाइरसको भ्याक्सिन यस वर्षको अन्त्यसम्म वितरणका लागि बजार आउन सक्ने बताएका ेछ ।
ऊहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले तयार गरेको यो भ्याक्सिनको ट्रायल दुई हजार व्यक्तिमाथि गरिएको थियो । २९ मार्चमा चिनियाँ सोसल मिडिया प्लेटफर्म विच्याटमा यसबारे पोस्ट गरिएको थियो । यो पोस्टमा भ्याक्सिन यो वर्षको अन्त्य वा अर्को वर्षको सुरुवातमा मार्केटमा आउन सक्ने बताइयो । भ्याक्सिन दोस्रो चरणको ट्रायलमा पुगेको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण