भारतमा कोरोना सङ्क्रमणबाट निको हुने व्यक्तिको दर ४७.७६ प्रतिशत
एजेन्सी । भारतमा कोरोनाभाइरस सङ्क्रमण निको भइ घर फर्किन वा भारतबाट अन्य मुलुक गएका व्यक्तिको सङ्ख्या ८६ हजार ९८३ पुगेको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको छ ।
भारतमा आइतबारसम्ममा एक लाख ८२ हजार ९९० जना सङ्क्रमित भएका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार कूल सङ्क्रमितमध्ये ४७.७६ प्रतिशत व्यक्ति उपचारपछि निको भइ घर फर्किएका वा भारतबाट अन्य मुलुक गएका बताइएको छ ।
मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘विगत २४ घण्टामा चार हजार ६१४ व्यक्ति निको भई घर फर्किएका वा यहाँबाट अन्य मुलुक गएका छन् । योसँगै कूल निको हुनेको सङ्ख्या ८६ हजार ९८३ पुगेको छ अर्थात् ४७.७६ प्रतिशत सङ्क्रमित व्यक्ति निको भएर घर फर्किएका छन् ।’
हाल चिकित्सकको निगरानीमा रहेर उपचार गराइरहेका व्यक्तिको सङ्ख्या ८९ हजार ९९५ रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । विभिन्न चरणमा पूर्व भावनात्मक र रोग निधानका लागि सक्रियता देखाई सङ्क्रमण नियन्त्रण, रोकथाम र व्यवस्थापनलाई अघि बढाएकोले अन्य ठूला मुलुकको तुलनामा भारतमा सङ्क्रमण फैलिने क्रम सुस्त रहेको दावी भारत सरकारले गरेको छ ।
भारतमा प्रति १० लाख जनसङ्ख्यामा १३३ जना सङ्क्रमित रहेको र चार जनाको मृत्यु भएको सरकारको तथ्याङ्कबाट पुष्टि भएको छ । यहाँ अहिलेसम्म ३७ लाख ३७ हजार २७ व्यक्तिको कोभिड–१९ सङ्क्रमण परीक्षण भएको छ । परीक्षण भएका व्यक्तिको सङ्ख्या प्रति १० लाखमा दुई हजार ७१० हुन आउँछ ।
भारतमा आइतबारसम्ममा पाँच हजार १६४ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ भने आठ हजार ९४४ गम्भीर खालका विरामी रहेका मन्त्रालयले जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण