स्पेनमा सङ्कटकाल लम्याउन संसदमा प्रस्ताव लैजाने तयारी
मड्रिड । देशमा लागू भइरहेको सङ्कटकालको म्याद थप्नका लागि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले संसदमा प्रस्ताव लैजाने भएका छन् । अन्तिम दुई हप्ताका लागि उनले सङ्कटकालको म्याद थप्न संसद्सँग अनुमति माग्ने भएका हुन् ।
कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि देशमा लकडाउन लागू गर्नुपर्ने भएकाले उनले सङ्कटकालका लागि अनुमति माग्न लाग्नु भएको जनाइएको छ ।
स्पेनमा यसअघि घोषणा गरेर अहिले लागू भइरहेको सङ्कटकालको म्याद यही जुन ७ मा सकिनेछ । प्रधानमन्त्रीको प्रस्तावमाथि बुधबार संसद्ले निर्णय दिने अपेक्षा गरिएको छ । संसद्मा प्रधानमन्त्रीको गठबन्धन अल्पमतमा रहेकोले अन्य दलबाट समर्थन नभएमा प्रस्ताव पास हुन सक्दैन ।
कोरोनाभाइरस नियन्त्रणका लागि स्पेनमा लकडाउनको आवश्यकता अझै पनि रहेको विज्ञ तथा सरोकारवालाहरूले बताएका छन् । विश्वभरी कोरोना फैलिन शुरु गर्दा प्रारम्भिक चरणमै स्पेनमा धेरै फैलिएको थियो । कोरोनाभाइरसका कारण स्पेनमा अहिलेसम्म २७ हजार १२७ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाभाइरसबाट सङ्क्रमितहरूको सङ्ख्याको हिसाबले स्पेन अहिलेसम्म धेरै सङ्क्रमित भएका मध्ये चौथो अग्रस्थानमा रहेको छ । स्पेनमा कोरोनाभाइरसको सङ्क्रमण तुलनात्मक रूपमा पहिलेभन्दा अहिले कम भएको भए पनि अझै पूर्ण नियन्त्रणमा भने आइसकेको छैन । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण