स्पेनमा सङ्कटकाल लम्याउन संसदमा प्रस्ताव लैजाने तयारी
मड्रिड । देशमा लागू भइरहेको सङ्कटकालको म्याद थप्नका लागि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले संसदमा प्रस्ताव लैजाने भएका छन् । अन्तिम दुई हप्ताका लागि उनले सङ्कटकालको म्याद थप्न संसद्सँग अनुमति माग्ने भएका हुन् ।
कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि देशमा लकडाउन लागू गर्नुपर्ने भएकाले उनले सङ्कटकालका लागि अनुमति माग्न लाग्नु भएको जनाइएको छ ।
स्पेनमा यसअघि घोषणा गरेर अहिले लागू भइरहेको सङ्कटकालको म्याद यही जुन ७ मा सकिनेछ । प्रधानमन्त्रीको प्रस्तावमाथि बुधबार संसद्ले निर्णय दिने अपेक्षा गरिएको छ । संसद्मा प्रधानमन्त्रीको गठबन्धन अल्पमतमा रहेकोले अन्य दलबाट समर्थन नभएमा प्रस्ताव पास हुन सक्दैन ।
कोरोनाभाइरस नियन्त्रणका लागि स्पेनमा लकडाउनको आवश्यकता अझै पनि रहेको विज्ञ तथा सरोकारवालाहरूले बताएका छन् । विश्वभरी कोरोना फैलिन शुरु गर्दा प्रारम्भिक चरणमै स्पेनमा धेरै फैलिएको थियो । कोरोनाभाइरसका कारण स्पेनमा अहिलेसम्म २७ हजार १२७ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाभाइरसबाट सङ्क्रमितहरूको सङ्ख्याको हिसाबले स्पेन अहिलेसम्म धेरै सङ्क्रमित भएका मध्ये चौथो अग्रस्थानमा रहेको छ । स्पेनमा कोरोनाभाइरसको सङ्क्रमण तुलनात्मक रूपमा पहिलेभन्दा अहिले कम भएको भए पनि अझै पूर्ण नियन्त्रणमा भने आइसकेको छैन । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा मापसे गरेर चलाएको कार पोलमा ठोक्कियो, ३ जना घाइते
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्न रुख कटान सुरु
-
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
-
विद्यार्थीहरू भर्ना अनियतता प्रकरण : नेविसंघ र क्रान्तिकारीका नेताको नाम पनि मुछियो
-
जब रन लिन दौडिरहेका ब्याट्सम्यानको खल्तीबाट मोबाइल खस्यो...