पर्वतमा पनि थपिए संक्रमित, गण्डकीमा संक्रमित संख्या ३७ पुग्यो

पोखरा । मंगलबार गण्डकी प्रदेशमा कोरोना भाइरसका १० नयाँ संक्रमित थपिएका छन् । स्याङ्जा र पर्वतका ५–५ जना गरि मंगलबार १० नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार स्याङ्जाको चापाकोट नगरपालिकाको क्वारेन्टाइनमा बसेका २२, २६, ३२ र ४० वर्षीय गरी ४ पुरुष र स्याङ्जाकै बिरुवा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २० वर्षीय पुरुषमा संक्रमित भेटिएका हुन् ।
पर्वतमा पनि एकै दिन ५ नयाँ संक्रमित थपिएका छन् । जिल्लाको फलेबास नगरपालिकाका २ र महाशिला गाउँपालिकाका ३ गरी ५ संक्रमित भेटिएका हुन् । संक्रमित पाँचै जना सदरमुकाम कुश्माको क्वारेन्टिनमा बस्दै आएका थिए । संक्रमण पुष्टि हुनेमा फलेबास नगरपालिकाका २० र ४० वर्षिय २ पुरुष र महाशिला गाउँपालिकाका १९, २० र २१ गरी जम्मा ५ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकीमा कोरोना संक्रमित कुल संख्या ३७ पुगेको छ ।
संक्रमित दशै जनालाई जिल्लास्थित आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् हनुमानढोकाको हरिबिजोग
-
नेपालमा मनसुन र बाढीको जोखिम : जलवायु कूटनीति र अन्तर्देशीय सूचना प्रणालीको आवश्यकता
-
‘कृषकले पाएनन् माग गरेअनुसार रासायनिक मल
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
उथलपुथलको वर्ष बन्ला २०८४ ?
-
‘सरकारको सोच निजी क्षेत्रमाथि दमन गर्ने, अघि बढ्न नदिने खालको देखियो’