चीनमा एक डाक्टरको मृत्युपछि प्रशासनको व्यापक आलोचना
चीनको ऊहान सेन्ट्रल अस्पतालमा युरोलोजिस्टको रुपमा काम गरिरहेका डाक्टर हू विफेन्गको मृत्युपछि मानिसहरु त्यहाँको प्रशासनको आलोचना गरिरहेका छन् । कोरोनासँग चार महिनाको लामो युद्धपछि जून २ मा विफेन्गको मृत्यु भयो । उनी जनवरीमा कोरोनाद्वारा संक्रमित पाइएका थिए र कोरोनाका कारण मृत्यु हुनेमा अस्पतालका छैटौं डाक्टर हुन् ।
जुन अस्पतालमा हू विफेन्ग काम गर्दथे त्यहाँ गत वर्ष डिसेम्बरमा कोरोनाबारे पहिलो पटक चेतावनी दिने डाक्टर ली वेनलियान्ग पनि काम गर्दथे । कोरोनाबारे चेतावनी दिँदा प्रशासले ली वेनलियान्गलाई आफ्नो मुख बन्द राख्न भेनेका थियो । पछि ली वेनलियान्गले अस्पतालबाटै एउटा भिडियोमार्फत् आफ्नो कहानी पोस्ट गरेका थिए ।
हू विफेन्गको मृत्युबारे खासै जानकारी उपलब्ध छैन । उनको मृत्युपछि सोशल मिडियामा मानिसहरुले कोरोना महामारीसँग जुध्नका लागि चिनियाँ सरकारको कोसिसको आलोचना गरिरहेका छन् । बिरामी हुँदा कलेजोले राम्रोसँग काम नगर्दा उनको छालाको रङ कालो भएको थियो । चीनमा उनी र उनका साथी कार्डियोलोजिस्ट यी फेनलाई कालो अनुहार भएका ऊहानका डाक्टर भन्न थालिएको थियो । धेरै मानिसहरुले उनलाई कोरोनाविरुद्ध युद्ध लड्ने एक हिरोको रुपमा हेर्न थालेका थिए ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण