अमेरिकामा जारी आन्दोलनको स्वरुप परिवर्तन
एजेन्सी । हिंसात्मक आन्दोलन भइरहेको अमेरिकामा अहिले भने आन्दोलनको स्वरुप परिवर्तन भएको छ । प्रहरी नियन्त्रणमा रहेका बेला अफ्रिकीमुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्यु भएपछि उनको हत्या भएको भन्दै देशभरी प्रदर्शन भइरहेको छ ।
एकहप्ता अगाडी भएको घटनापछि गत हप्ताभरी हिंसात्मक आन्दोलन भइरहेकोमा अहिले शान्तिपूर्ण प्रदर्शन हुन थालेको हो । अफ्रिकी अमेरिकी ती व्यक्तिलाई न्याय दिलाउन माग गर्दै हजारौँ प्रदर्शनकारीले देशभरी प्रदर्शन गर्दै आइरहेका छन् । आन्दोलन हिंसात्मक हुँदै गएपछि सरकारले देशका ४० भन्दा बढी सहरमा समय तोकेर कफ्र्यु आदेश पनि जारी गर्नु गरेको थियो । कतिपय ठाउँमा कफ्र्यु पनि तोडेर प्रदर्शनकारीहरुले आन्दोलनलाई चर्काउँदै लगेका थिए ।
प्रदर्शनकारी र प्रहरीका बीचमा धेरै ठाउँमा झडप भएका थिए भने आन्दोलनका क्रममा कम्तीमा १ जनाको मृत्यु पनि भएको छ । यो बीचमा हजारौँ पक्राउ परेका छन् भने सयौँ घाइते भएका छन् । तर बुधबार विहान भने देशभरी हजारौँ व्यक्तिले सडकमा शान्तिपूर्ण प्रदर्शन गरेको समाचारमा जनाइएको छ । मृतक फ्लोयडको परिवारले शान्तिपूर्ण प्रदर्शनका लागि आह्वान गरेकाले हिंसात्मक हुदै गएको प्रदर्शन एकाएक शान्तिपूर्ण भएको हो । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण