अमेरिकामा जारी आन्दोलनको स्वरुप परिवर्तन
एजेन्सी । हिंसात्मक आन्दोलन भइरहेको अमेरिकामा अहिले भने आन्दोलनको स्वरुप परिवर्तन भएको छ । प्रहरी नियन्त्रणमा रहेका बेला अफ्रिकीमुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्यु भएपछि उनको हत्या भएको भन्दै देशभरी प्रदर्शन भइरहेको छ ।
एकहप्ता अगाडी भएको घटनापछि गत हप्ताभरी हिंसात्मक आन्दोलन भइरहेकोमा अहिले शान्तिपूर्ण प्रदर्शन हुन थालेको हो । अफ्रिकी अमेरिकी ती व्यक्तिलाई न्याय दिलाउन माग गर्दै हजारौँ प्रदर्शनकारीले देशभरी प्रदर्शन गर्दै आइरहेका छन् । आन्दोलन हिंसात्मक हुँदै गएपछि सरकारले देशका ४० भन्दा बढी सहरमा समय तोकेर कफ्र्यु आदेश पनि जारी गर्नु गरेको थियो । कतिपय ठाउँमा कफ्र्यु पनि तोडेर प्रदर्शनकारीहरुले आन्दोलनलाई चर्काउँदै लगेका थिए ।
प्रदर्शनकारी र प्रहरीका बीचमा धेरै ठाउँमा झडप भएका थिए भने आन्दोलनका क्रममा कम्तीमा १ जनाको मृत्यु पनि भएको छ । यो बीचमा हजारौँ पक्राउ परेका छन् भने सयौँ घाइते भएका छन् । तर बुधबार विहान भने देशभरी हजारौँ व्यक्तिले सडकमा शान्तिपूर्ण प्रदर्शन गरेको समाचारमा जनाइएको छ । मृतक फ्लोयडको परिवारले शान्तिपूर्ण प्रदर्शनका लागि आह्वान गरेकाले हिंसात्मक हुदै गएको प्रदर्शन एकाएक शान्तिपूर्ण भएको हो । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा आज : दुबैका लागि महत्त्वपूर्ण खेलमा एकअर्कालाई चुनौती दिँदै राजस्थान र चेन्नई
-
किसानलाई अनुदानमा मौरीसहितको घार वितरण
-
सल्यानमा दम्पती मृत फेला
-
मिथुनले भने, ‘सलमानले बिहे गर्दैनन्, युवतीहरूलाई बेवकुफ मात्र बनाउँछन्’
-
गोलभेँडादेखि आलु–प्याजसम्म : यस्तो छ आज तरकारी र फलफूलको मूल्यसूची
-
अफगानिस्तानमा बाढीको कहर : १ सय ५० भन्दा बढीको मृत्यु