टिकापुर अस्पतालबाट ५ जना डिस्चार्ज
कैलाली । सुदुरपश्चिम प्रदेशको टिकापुर अस्पतालको आईसोलेसनमा भर्ना भई उपचार गराईरहेका कोभिड-१९ का ५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन । संक्रमित ११ जनामध्ये ५ जना निको भई डिस्चार्ज भएको टिकापुर अस्पताल ब्यवस्थापन समितिका अध्यक्षय दिपक रावलले रातोपाटी लाई जानकारी दिए । डिस्चार्ज भएका ५ जना कैलालीको जानकी गाउँपलिका निवासी भएको उनले वताए । जानकी गाउँपालिका वडा नं ३ बस्ने बर्ष २१, ३८, वडा नं ७ को वर्ष १९ को र वडा ४ बस्ने वर्ष २५ र ३० का पुरुष रहेको उनले बताए ।
जेठ ७ गते सेती प्रादेशिक अस्पतालको प्रयोशालामा रहेको पिसिआर मेसिनबाट स्वाव परिक्षण गर्दा उनीहरुमा कोभिड १९ को संक्रमित पुष्टि भएको थियो । २ जना कैलालीको त्रिनगर भन्सार हुँदै भारतबाट आएका थिए भने १ जना टिकापुर खग्रोला नाकाबाट लुकीछिपी नेपाल प्रवेश गरेका थिए । १ जना नेपालगञ्ज र १ जना इटहरीबाट आएको रावलले जानकारी दिए । टिकापुर अस्पतालमा अब ६ जना संक्रमित बाँकी भएको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र