टिकापुर अस्पतालबाट ५ जना डिस्चार्ज
कैलाली । सुदुरपश्चिम प्रदेशको टिकापुर अस्पतालको आईसोलेसनमा भर्ना भई उपचार गराईरहेका कोभिड-१९ का ५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन । संक्रमित ११ जनामध्ये ५ जना निको भई डिस्चार्ज भएको टिकापुर अस्पताल ब्यवस्थापन समितिका अध्यक्षय दिपक रावलले रातोपाटी लाई जानकारी दिए । डिस्चार्ज भएका ५ जना कैलालीको जानकी गाउँपलिका निवासी भएको उनले वताए । जानकी गाउँपालिका वडा नं ३ बस्ने बर्ष २१, ३८, वडा नं ७ को वर्ष १९ को र वडा ४ बस्ने वर्ष २५ र ३० का पुरुष रहेको उनले बताए ।
जेठ ७ गते सेती प्रादेशिक अस्पतालको प्रयोशालामा रहेको पिसिआर मेसिनबाट स्वाव परिक्षण गर्दा उनीहरुमा कोभिड १९ को संक्रमित पुष्टि भएको थियो । २ जना कैलालीको त्रिनगर भन्सार हुँदै भारतबाट आएका थिए भने १ जना टिकापुर खग्रोला नाकाबाट लुकीछिपी नेपाल प्रवेश गरेका थिए । १ जना नेपालगञ्ज र १ जना इटहरीबाट आएको रावलले जानकारी दिए । टिकापुर अस्पतालमा अब ६ जना संक्रमित बाँकी भएको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण