पानी समेत किनेर खान पाउँदैनन् एम्बुलेन्स चालक
जनकपुरधाम – ‘हामी एम्बुलेन्स चालक दिनरात नभनी बिरामीको सेवामा खटिरहेका छौं। बिरामीलाई के रोग लागेको हामीलाई थाहा हुँदैन। बिरामीलाई अस्पतालसम्म पुर्याउँछौं। हामीले पसलबाट पानी किनेर खान्छु भन्दा पनि पसलेले दिँदैन।’ यो समस्या जनकपुरका एम्बुलेन्स चालक हो।
लकडाउनमा जनकपुरबाट बिरामी बोकेर काठमाडौं हिँडेका एम्बुलेन्स चालकले खानाको त कुरै छाडौं, पानी समेत किनेर खान नपाएको चालक मन्सुर राईनले बताए। ‘बाटोमा अन्य सवारी साधनका चालकले खाना खाइरहेका हुन्छन्। एम्बुलेन्स चालक भनेपछि एम्बुलेन्स रोक्न समेत दिँदैनन्’, राईनले भने, ‘खानाका लागि कि त घरबाट टिफिन वा चाउचाउ बिस्कुट, दालमोठ, भुजिया बोकेर हिँड्नुपर्छ। बाटामा खुलेका पसलले एम्बुलेन्स रोक्ने बित्तिकै छिः छि दुरःदुर गर्छन्।’
रात्रिकालिन सुनसान राजमार्गमा एम्बुलेन्स चालकले किराना पसलमा पानी माग्दा नपाएको गुनासो उनले सुनाए। साहुँजी दुई बोत्तल पानी दिनुस न। पसलेले पानी दिँदैनन्। पुनः एम्बुलेन्स चालक भन्छन्, प्लिज पानी दिनुस न। पसलेले बाहिरैबाट पानीको बोत्तल फालिदिन्छन्। यस्ता दृश्य आफूहरुले भोगिरहेको राईनले जानकारी दिए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा गोविन्द महतोले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण