११ नेपाली बोकेर अस्ट्रेलियाबाट नेपाल उड्यो जहाज
अस्ट्रेलिया । नेपाल वायुसेवा निगमको जहाज अस्ट्रेलियामा समस्यामा परेका ११ नेपालीलाई लिएर मंगलबार स्वदेश उडेको छ ।
कोरोनाको कारण समस्यामा परेकामध्ये गायिका सुनितामी परियार, क्यान्सरका बिरामी र प्रशिक्षणका लागि आएका केही सरकारी कर्मचारी गरी ११ यात्रु लिएर विमान नेपाल उडेका हो ।
अस्ट्रेलियाको लागि नेपाली राजदूत महेशराज दाहालले आजको उडानमा अति समस्यामा परेका मध्ये थोरैमात्रै नेपाल गएको बताए ।
यसपटक केही प्राविधिक कारणले क्यानबेरा आएको नेपाल एअरलाइन्सबाट समस्यामा परेका अन्य नेपाली स्वदेश फर्काउन नसकिएको उनले बताए ।
राजदूत दाहालले दिएको जानकारी अनुसार अरु समस्यामा परेका नेपाली लिन छिट्टै अर्को जहाज आउने तयारी भैरहेको छ ।
नेपाल सरकारले विदेशमा समस्यामा परेका नागरिकलाई उद्धार गर्ने निर्णय गरेअनुसार अबको दुई तीन हप्ताभित्र उद्दार हुने उनको भनाइ छ ।
त्यसका लागि क्यानबेरा नेपाली दूतावासमा करिब १३ सय नेपालीले स्वदेश फर्कन भनी फाराम भरेको दूतावासका अधिकारी दुरपदा सापकोटाले जानकारीको भनाइ छ ।
नेपाल एयरलाइन्सको विमान सोमबार नेपालबाट करिब ३ सय यात्रु बोकेर अस्ट्रेलिया उडेको थियो भने साेही विमान ११ नेपाली बाेकेर स्वदेश फर्किएकाे हाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण