ब्राजिलका डाक्टर भन्छन्, ‘बिरामीले डाक्टरको कुरा सुनुन् कि राष्ट्रपतिको ?’
ब्राजिलका केही इलाकामा लकडाउन खुकुलो पारिएको छ, साथै साओ पाउलो र रियो डि जेनिरोमा पसल र सपिङ मल खोलिएका छन् ।
अमेरिकापछि संसारमा कोरोनाभाइरसका कारण सबैभन्दा प्रभावित देश ब्राजिल हो । यहाँ संक्रमितको संख्या साढे सात लाख नाघेको छ भने मृतकको संख्या ३९ हजार ६ सय ८० रहेका छन् ।
यद्यपि, जानकारका अनुसार देशमा कोरोनाभाइरसको परीक्षण सिमित संख्यामा भइरहेको छ जसका कारण वास्तविक संख्या निकै धेरै हुनसक्छ ।
साओ पाउलो युनिभर्सिटी हस्पिटलका आइसीयू र इमर्जेन्सी विभागमा काम गर्ने डाक्टर गरसन सेल्वाडोरले पसल र सपिङ मल खोलिएको विषयलाई समर्थन नगर्ने बताएका छन् ।
उनी भन्छन्, ‘दैनिकको संख्यामा कोरोनाभाइरस संक्रमणका लक्षण भएका थुप्रै बिरामी अस्पताल आइरहेका छन् । हाम्रो अस्पतालमा त अहिले स्रोत साधन उपलब्ध छ तर ब्राजिलका अन्य अस्पतालको स्थिती पनि यस्तै छ भनेर भन्न सकिन्नँ ।’
उनका अनुसार कोरोनाभाइरसको विषयमा राष्ट्रपति जायर बोलसोनारोको व्यवहारका कारण ब्राजिलको स्थिती भिन्न छ । राष्ट्रपतिले कोरोनाभाइरसलाई ‘साधारण फ्लू’ बताउने गरेका छन् ।
डाक्टर गरसन सेल्वाडोर भन्छन्, ‘डाक्टरका लागि कोभिड–१९ का बिरामीको उपचार गर्नु निकै चुनौतीपूर्ण भएको छ किनभने मानिसहरुले डाक्टरको कुरा सुन्ने कि राष्ट्रपतिको भन्ने बुझ्नै सकेका छैनन् । मानिसहरुले डाक्टरको सल्लाहमा विश्वास गरिरहेका छैनन् ।’
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण