डा. एन्थोनीलाई किन लागिरहेछ, अमेरिकामा कोरोनाको स्थिती नियन्त्रण बाहिर हुनेछ ?
अमेरिकाका चर्चित संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले अमेरिकाका केही राज्यमा कोरोनाभाइरस बिरामीको अस्पतालमा जुन अनुपातमा भर्ना बढिरहेको छ, त्यो चिन्ताजनक भएको बताएका छन् ।
सीएनएनसँगको कुराकानीमा यदि कन्ट्याक्ट ट्रेसिङ सिस्टमलाई प्रभावकारी नबनाएको स्थितीमा हालत नियन्त्रण बाहिर हुनसक्ने चेतावनी पनि दिएका छन् ।
फाउचीले लकडाउन खुकुलो पारेपछि संक्रमण तीब्र रुपमा बढिरहेको बताएका छन् । उनले भने, ‘अस्पतालमा बिरामीको संख्या बढिरहेको तपाईंले देख्नुहुन्छ भने सबै कुरा ठिक छैन भनेर सतर्क हुनुपर्छ ।’
अमेरिकामा कोरोनाभाइरसका कारण हालसम्म १ लाख १६ हजार बढीको मृत्यु भइसकेको छ भने २० लाख बढी संक्रमित भइसकेका छन् । अमेरिकाका आधा दर्जन बढी राज्यका अस्पतालमा बेडका लागि मारामारको स्थिती छ ।
शुक्रबार टेक्सस र उत्तरी क्यारोलाइनाका अस्पतालमा बिरामी भर्नाको संख्या सबैभन्दा धेरै भएको बताइएको छ । यद्यपि, अधिकारीका अनुसार कोरोनाका कारण सबैभन्दा कम मृत्युदर यहिँ छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण