अमेरिकामा फ्लोयडपछि दोस्रो अश्वेतको प्रहरी कारवाहीमा मृत्यु, सडकमा उत्रिए प्रदर्शनकारी
अमेरिकाको अटलान्टामा प्रहरी कारवाहीमा अर्का एक अश्वेतको हत्या भएको सार्वजनिक भएको छ । अटलान्टाको जर्जियामा गिरफ्तारीको क्रममा २७ वर्षका रेशर्ड ब्रुक्सलाई प्रहरी अधिकारीले गोली हानी हत्या गरे । पछि उनको अस्पतालमा मृत्यु भयो । घटनापछि अटलान्टाका प्रहरी प्रमुखले राजीनामा दिएका छन् । घटनाको विषयमा सयौं प्रदर्शकारी सडकमा उत्रिएका छन् ।
जर्जिया ब्यूरो अफ इन्भेस्टिगेशनका अनुसार घटना १२ जूनको हो । रेशर्ड ब्रुक्स पार्किङमा कारभित्र सुतिरहेका थिए । प्रहरी अधिकारीलाई उनी नशामा भएको भान भन्यो । सोधपुछको क्रममा उनको प्रहरीसँग झडप भयो । ब्रुक्स एक अधिकारीको टेजर (सानो बन्दुक) खोसेर भागे । अर्का अधिकारीले उनको पिछा गरे । ब्रुक्सले पछाडि फर्किएर अधिकारीमाथि बन्दुक तेर्साए । त्यति नै बेला अधिकारीले उनीमाथि गोली चलाए । अटलान्टाकी मेयर किशा लान्स बटम्सले घटनाका कारण प्रहरी प्रमुख एरिका शिल्ड्सले राजीनामा दिएका छन् ।
२५ मे मा फ्लोयडको मृत्यु भएको थियोः
मिनेपोलिसमा २५ मे मा जर्ज फ्लोयड (४० ) को प्रहरीले धोका दिएको आरोप पक्राउ गरेका थिए । एक प्रहरी अधिकारीले उनलाई सडकको बीचमा आफ्नो घुँडाले उनको घाँटीमा करिब ९ मिनेटसम्म थिचिरहे । त्यसको केही बेरमा उनको चहलपहल बन्द भयो । उनलाई अस्पताल पुर्याइयो । डाक्टरले त्यहाँ उनको मृत्यु भइसकेको बताए । फ्लोयडको हातमा हत्कड थियो । उनले प्रहरीलाई यसो नगर्न गुहार लगाए तर प्रहरीले उनको गर्धनबाट घुँडा हटाएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण