अमेरिकाले भन्दा हामीले राम्रो गरेका छौः रुसी राष्ट्रपति पुटिन

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकामा देखिएको कोरोना भाइरसको संक्रमण र मृत्युदरको उचाईलाई ‘गहिरो आन्तारिक संकट’ को संज्ञा दिएका छन् । आइतबार रुसी सरकारी टेलिभिजनको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
राष्ट्रपति पुटिनले अप्रत्यक्ष रुपमा अमेरिकाले भन्दा रुसले यो महामारीलाई राम्रोसँग व्यवस्थापन (सामना गरिरहेको) गर्न सकेको टिप्पणी गरे । उनले भने– कुनै रसियन नागरिकले सरकारले यो काम गर्न सकेन भन्न सक्दैनन्, म यो कल्पना गर्न सक्दिन । सरकारले यो व्यवस्थापनको काम गरिरहेको छ ।’ उनले थप भने– ‘मलाई लाग्छ यो परिस्थितिमा पार्टीको चासो समाज र जनताको समस्यामा केन्द्रीत छ ।’
अमेरिकामा अहिलेसम्म बीसौं लाख मानिस कोरोनाबाट संक्रमित रहेका छन् भने १ लाख १५ हजारभन्दा बढीको ज्यान गइसकेको छ । त्यस्तै रुसमा ५ लाख २८ हजार जना संक्रमित भएका छन् । अमेरिका र ब्राजिलपछि रुस अहिले बढी संक्रमित देशको रुपमा देखिएको छ । रुसमा संक्रमणबाट ६ हजार ९ सय ४८ जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने