अमेरिकाले भन्दा हामीले राम्रो गरेका छौः रुसी राष्ट्रपति पुटिन
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकामा देखिएको कोरोना भाइरसको संक्रमण र मृत्युदरको उचाईलाई ‘गहिरो आन्तारिक संकट’ को संज्ञा दिएका छन् । आइतबार रुसी सरकारी टेलिभिजनको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
राष्ट्रपति पुटिनले अप्रत्यक्ष रुपमा अमेरिकाले भन्दा रुसले यो महामारीलाई राम्रोसँग व्यवस्थापन (सामना गरिरहेको) गर्न सकेको टिप्पणी गरे । उनले भने– कुनै रसियन नागरिकले सरकारले यो काम गर्न सकेन भन्न सक्दैनन्, म यो कल्पना गर्न सक्दिन । सरकारले यो व्यवस्थापनको काम गरिरहेको छ ।’ उनले थप भने– ‘मलाई लाग्छ यो परिस्थितिमा पार्टीको चासो समाज र जनताको समस्यामा केन्द्रीत छ ।’
अमेरिकामा अहिलेसम्म बीसौं लाख मानिस कोरोनाबाट संक्रमित रहेका छन् भने १ लाख १५ हजारभन्दा बढीको ज्यान गइसकेको छ । त्यस्तै रुसमा ५ लाख २८ हजार जना संक्रमित भएका छन् । अमेरिका र ब्राजिलपछि रुस अहिले बढी संक्रमित देशको रुपमा देखिएको छ । रुसमा संक्रमणबाट ६ हजार ९ सय ४८ जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण