विवाहको केहि घण्टा पछि नै दुलहीले नदीमा हाम फालिन्, दुलहा किनारामा बसेर एकोहोरो हेरिरहे
भारतको राजस्थान र मध्यप्रदेश राज्यको सीमामा रहेको पाली ब्रिजमा आइतबार बिहान अञ्जु नामकी दुलहीले माइतीबाट विदा भएपछि घर पुग्नुअघि नै नदीमा हाम फालेकी छिन् । उनको खोजी सोमबार पनि जारी रह्यो । दुलहीका माइती र घर पक्षका सदस्य पनि घटनास्थलमा उपस्थित भए । दुलहा पनि किनारामा बसेर एकोहोरो हेरिरहेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।
बान्ता आउन लागेको भनेर राकिन् गाडीः
प्रहरीका अनुसार अल्लापुर गाउँमा बस्ने रामप्रसाद सैनीकी छोरी अञ्जु सैनीको विवाह शनिबार भयो । मध्यपुरको श्योपुर जिल्लाबाट जन्ती आयो । त्यसपछि आइतबार बिहान दुलहीका आमा–बुवा र आफन्तले दुलहीलाई खुसी–खुसी बिदाई गरे । त्यसपछि दुलहीले राजस्थान र मध्य प्रदेशको सीमामा रहेको पाली ब्रिजमा पुग्ने बित्तिकै चालकलाई आफूलाई बान्ता आउन लागेको भनेर गाडी रोक्न लगाइन् ।
चालकले झ्यालबाटै बान्ता गरिदिन भन्दै गाडी रोकेनन् । दुलहीले पुनः आफूलाई असाध्यै गाह्रो भएको भन्दै गाडी रोक्न आग्रह गरिन् । उनले चालकको हात समातिन् जसका कारण चालकको सन्तुलन बिग्रन थाल्यो । सन्तुलन बिग्रिएको देखेर चालकले गाडी रोके । दुलहा र परिवारका अन्य सदस्यले केही बुझ्नुअघि नै दुलही गाडीबाट निस्किइन् र रेलिङमा चढेर हाम फालिन् । प्रत्यक्षदर्शी चालकका अनुसार नदीमा हाम फालेपछि उनी केही बेर पानीको डुबेको र पछि पानीमाथि आएर छटपटाएको देखिइन् । तर त्यहँ उपस्थितमध्ये कसैलाई पनि पौडी खेल्न नआउने भएकोले दुलहीलाई सहयोग गर्न नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण