‘महिलालाई छुट्टै क्वारेन्टिन होस्’
काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले सुदूरपश्चिमको कैलाली जिल्ला, लम्की चुहानगरपालिकाको शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टिनमा भएको बलात्कारको घटनाको विरोध गर्दै घट्नामा संलग्न दोषीमाथि कडा कार्वाहीको माग गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की दिलकुमारी रावलले विश्वसँगै नेपालसमेत कोभिड–१९ (कोरोना भाइरस) सँग सामना गरिरकेको विषम परिस्थितिमा कैलाली जिल्लाको शहीद माविको क्वारिन्टनमा रहेकी महिलामाथि भएको सामूहिक बलात्कारको घोर निन्दा र भत्र्सना गर्दै दोषीमाथि कडा कारवाही गर्नुपर्ने माग गरिन् ।
उनले भनिन्– ‘महिला सङ्क्रमितको सङ्ख्या कम भएकाले महिला स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित छुट्टै जिल्लागत क्वारेन्टिनको व्यवस्था गर्न र सुरक्षाको सुनिश्चितता गर्न माग गर्दछु ।’
नेकपाकै महेशकुमार महराले बलात्कारमा संलग्न दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्नेमा जोड दिए । सोही पार्टीका मायाप्रसाद शर्माले जाजरकोट नरगाढानगरपालिका बस्ने वीरबहादुर कामीको रोजगारीको सिलसिलामा मलेशियामा यही जेठ १५ गते मृत्यु भएको बताउँदै शव नेपालसम्म ल्याउन सरकारको ध्यनाकर्षण गराइन् ।
नेपाली काँग्रेसका प्रकाश पन्थले देशैभरी क्वारेन्टिनको अवस्था अत्यन्त कमजोर भएको बताउँदै कैलालीको क्वारेन्टिनमा भएको बलात्कार घटना अत्यन्त निन्दनीय भएको र दोषीमाथि कडा कारवाही हुनुपर्नेमा जोड दिए । उनले मापदण्डविपरित सञ्चालन गरिएका क्वारेन्टिन तत्काल व्यवस्थित गर्नुपर्ने माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण